रेलबाट ल्याएर छाडिएका एक नेपालीमा कोरोनाको पुष्टि !

काठमाडौँ – भारतबाट फर्किएका झापाको दक्षिणी क्षेत्रबाट नेपाल भित्रिएका एक युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

भारतमा रेल खुलेपछि मुम्बइबाट फर्किएका उनलाई कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो। उनी जेठ २ गते भारतबाट नेपाल प्रवेश गरेको बताइएको छ।

भारतको मुम्बइबाट फर्किएका उनी सहित ३३ नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । तीन दिनअघि पाँचदेखि १० जनासम्मको समूह बनाइ उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए ।

उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए । केचनकवल–२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । रोजगारीका सिलसिलमा उनीहरु मुम्बइ पुगेको अध्यक्ष आलमको भनाइ छ ।

“ट्रेनबाट ल्याएर नेपालीलाई भारतीय एसएसबीले सीमाबाट सजिलै छाडिदिँदोरेहछ”, उनले भने, “सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनीहरुलाई तत्काल कब्जामा लिएर क्वारेन्टाइनमा राखेका छौँ । आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व हाम्रै हो ।”

अध्यक्ष आलामले भारतको दिल्ली, मुम्बइ, केरेलालगायत स्थानमा १० हजार बढी युवाहरु कचनकवल गाउँपालिकाबाट मात्र रोजगारीका लागि गएको जानकारी दिए । उनले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नेपालीलाई परिवारसँग घुलमिल नभइ पालिकाले तयार गरेको क्वारेन्टाइनमा आएर बसिदिनसमेत आग्रह गरेका छन् । पालिकाले १५० जना अटाउने सक्ने क्षमताको दुई स्थानमा क्वारेन्टाइन तयार गरेको छ ।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१३:३६

भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नक्सा पारित !