काठमाडौंको फाइनान्समा पैसा उठाउने काम गर्ने युवकमा कोरोनाको पुष्टि !

काठमाडौँ – सोमबार खोटाङमा पहिलोपटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट हलेसी तुवाचुङ नगरपालिका-७ निवासी २० वर्षीय युवकमा कोरोनाको पुष्टि भएको हो।

कोरोना पुष्टि भएका युवक वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेको हलेसी तुवाचुङ नगरपालिका मेयरले जनाएका छन्। लकडाउनका कारण काठमाडौँमा अड्किएकाहरुको उद्दार गर्ने क्रममा उनी पनि खोटाङ पुगेको मेयरले बताए।

कोरोना पुष्टि भएका युवक काठमाडौंमा फाइनान्समा पैसा उठाउने कम गर्दै आएको बताइएको छ। काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेको र पिसिआर परीक्षण गर्दा कोरोनाको पुष्टि भएको मेयर इवन राईले बताए।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५९ पुगेको छ।

भित्रिए ७५८ नेपाली

नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टिनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।

सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टिनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु¥याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टिनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ ।

नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ । नाका बन्द भएपछि खक्रौला भएर नेपाल आउन चाहने मानिसलाई पनि धनगढी भएर आउनू भन्ने गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१६:३१

बाँस्कोटासहित ३ सांसदबाट ज्यानको खतरा भयो भन्दै विजयप्रकाश मिश्रले दिए निवेदन !