बाँस्कोटासहित ३ सांसदबाट ज्यानको खतरा भयो भन्दै विजयप्रकाश मिश्रले दिए निवेदन !

काठमाडौँ – तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रले आफ्नो ज्यान ख-तरामा रहेको भन्दै निवेदन दिएका छन्।

पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका अन्य दुई सांसदबाट आफ्नो ज्यान ख-तरामा रहेको भन्दै मिश्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्।

पूर्वमन्त्री बाँस्कोटासहित अन्य दुई सांसद सूर्य पाठक र प्रेम आलेबाट आफ्नो सहित परिवारको पनि ज्यान ख-तरा रहेको मिश्रले निवेदनमा उल्लेख गरेका छन्।

टोखा नगरपालिका- ११ बैकुण्ठपुरीमा पर्ने आफ्नो घर आसपास केहि दिन देखि अपरिचित व्यक्तिहरु देखिएको र भारतीय मुलका जस्तै देखिने केहि व्यक्तिहरुले आफ्नो घरको तस्बिर समेत लिएको मिश्रको भनाई छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए। घुस बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजिनामा दिएका थिए।

यस्तै बाँस्कोटाका मान्छेहरुले विभिन्न किसिमका प्रलोभन तथा दबाव पनि दिरहेको मिश्रले निवेदनमा उल्लेख गरेका छन्। विभिन्न समयमा आफूलाई प्रस्ताव र धम्की आउने गरेको मिश्रको भनाई छ।

आफू र आफ्नो परिवारको ज्यानको सुरक्षा अप्ठारोमा परेको हुँदा शान्ति तथा जिउधनको सुरक्षाको लागि नेपाल सरकारको दायित्व भएकोले आफ्नो सुरक्षा गरिन उनले प्रशासन समक्ष आग्रह गरेका छन्।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१७:०४

सोमबार एकै दिन ८० जनामा कोरोनाको पुष्टि, सातै प्रदेश पुग्यो कोरोना !