भारतलाई नसोधि नक्सा सार्वजनिक नगरौँ भन्ने सरिता भन्थिन् -“नेपालको नाम हटाउन पर्छ”

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले केहि दिन अगाडी भारतसँग सीमा-विवाद रहेका क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु अगाडी भारतसँग सल्लाह गर्नुपर्ने बताएकी थिइन्।

प्रतिनिधिसभाको बैठकमा उनले नयाँ नक्साको सम्बन्धमा भारत तथा चीनसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि पोखेकी थिइन्। भारत र चीनसँग सल्लाह नै नगरी नक्सा ल्याउने विषय विदेश नीतिविरुद्ध रहेको र यसले नेपालको विदेश नीतिको क्षमतामाथि प्रश्न उठाएको उनको दावी थियो। नयाँ नक्साका विषयमा असन्तुष्टि पोखेको कारण उनको सर्वत्र आलोचना भयो। सामाजिक संजाल देखि मिडिया सम्म गिरिको सबैतिर आलोचना भयो।

यसै विषयमा टिप्पणी गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले नेपालको संविधान लेख्ने बेला संविधानसभा, संवैधानिक समितीमा सरीता गिरीले नेपालको नामै हटाउने प्रस्ताव गरेको खुलासा गरेका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत गिरिले नयाँ नक्साको विषयमा दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै नेता रावलले नेपालको नामै हटाउन प्रस्ताव गर्ने व्यक्ति आक्रोषित हुनु सामान्य रहेको बताएका हुन्।

“नेपालको संविधान लेख्ने बेला संविधानसभा, संवैधानिक समितीमा सरीता गिरीले नेपालको नामै हटाउने लिखित प्रस्ताव सभापति निलाम्वर अचार्य समक्ष राख्दा डा. प्रकाशचन्द्र लोहनी र मैले प्रतिवाद गरेका थियौं । नेपालको सबै भूभाग राखी सरकारले नक्शा प्रकाशनको कुरा गर्दा उहाँ आक्रोशित हुनुभएको छ।”,ट्वीटरमा उनले लेखेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०३:३६

“परिआए अर्को नाकाबन्दी सहन्छु, तर यो नक्सालाई अन्तर्राष्ट्रिय बनाइदेउ”