“परिआए अर्को नाकाबन्दी सहन्छु, तर यो नक्सालाई अन्तर्राष्ट्रिय बनाइदेउ”

काठमाडौँ – गायक स्वप्निल शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर तयार पारिएको नक्सा अन्तर्राष्ट्रिय बनाइदिन आग्रह गरेका छन्।

सोमबार सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर नक्सा पारित गर्दै सार्वजनिक गरेको निर्णय गरेको प्रति टिप्पणी गर्दै गायक शर्माले उक्या नक्सालाई अन्तर्राष्ट्रिय बनाइदिन आग्रह गरेका हुन्।

सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले नेपालले गुमाएको भूमि प्राप्त गर्न आर्को नाकाबन्दी सहनु पर्ने पनि आफू तयार रहेको उल्लेख गरेका छन्।

“मैले गरेका सारा गालीहरु फिर्ता लिन्छु । अर्को नाकाबन्दी सहन्छु, फेरि पनि चिउरा, चाउ–चाउ नै खान्छु, आलु प्याज सबै आफै उमार्छु, सियोसम्म पनि कसरी बनाउँदा रैछन, म आफै सिक्छु । तर कसम दाइ, यो नक्सालाई अन्तर्राष्ट्रिय बनाइदिनुस् अनि नेपाली सेनालाई भूिम सुरक्षाको लागि हुकुम दिनुहोस् । परेको हामी नेपालीहरु मिलेर बेहोरौँला नि दाइ ।”,नेपालको नयाँ नक्साको समेत पोस्ट गर्दै उनले लेखेका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर तयार पारिएको नक्सालाई पारित गरेको हो।

धेरै समय देखि नेपालको नक्सामा लिम्पियाधुरासहितका क्षेत्र गायब थिए। राणा काल र पन्चायतकालदेखिनै नक्सामा नसमेटिएको उक्त भूभाग नक्सामा उतारेर सार्वजनिक गरी कुटनीतिक रुपमा भारतसँग दावी गर्ने सरकारको तयारी छ। सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन चालेको ऐतिहासिक कदमको सर्वत्र स्वागत भइरहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०४:२७

गुल्मीका संक्रमितको स्वास्थ्यावस्था बारे मिडियामा अनेक हल्ला, तर वास्तविकता भने यस्तो !