कांग्रेस प्रवक्ता भन्छन् – “हाम्रो हातमा नक्सा, उसको हातमा जमिन नहोस्”

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नक्सा नेपालको हातमा, जमिन भारतको हातमा हुन नहुने बताएका छन्।

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर नक्सा पारित गर्दै सार्वजनिक गरेको निर्णय गरेको प्रति टिप्पणी गर्दै सामाजिक संजाल ट्वीटर मार्फत नेता शर्माले यस्तो बताएका हुन्।

मन्त्रिपरिषद्बाट नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले नेपाली भूमिमा रहेका भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने बताएका छन्।

“नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य । भारतिय सेना कालापानीबाट फिर्ता हुनुपर्छ,नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ ।”,नेता शर्माले ट्वीटरमा लेखेका छन्।

सरकारको वास्तविक परिक्षा अब प्रारम्भ भएको उनको भनाई छ। नयाँ नक्सा सार्वजनिक पश्चात भारत र चीन दुवै देशसँग कुटनैतिक पहल शुरु गर्न सरकारलाई उनको सुझाव छ।

“अब सरकारको वास्तविक परिक्षा प्रारम्भ भएको छ । दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्छ । हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न ।”,ट्वीटरमा उनले भनेका छन्।

यस्तो छ शर्माको ट्वीट –

नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य । भारतिय सेना कालापानीबाट फिर्ता हुनुपर्छ,नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ । अब सरकारको वास्तविक परिक्षा प्रारम्भ भएको छ । दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्छ । हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०५:०२

कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण सफल, थप परीक्षण गरिँदै !