प्रधानमन्त्री ओलीलाई उभिएर बोल्न गाह्रो भएपछि… [भिडियो सहित]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर बोल्न गार्हो भएको छ।

मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रम उभिएर बोल्दा-बोल्दै गार्हो भएको जानकारी गराएका हुन्।

स्वास्थ्य अवस्थाका कारण आफूलाई उभिएर गार्हो भएको बारे सभामुखलाई जानकारी गराए। जसलगतै उनले प्रधानमन्त्रीलाई बस्ने व्यवस्था मिलाउन निर्देशन दिए।

केहि महिना अगाडी मृगौला प्रत्यारोपण गराएका कारण आफ्नो खुट्टामा केहि समस्या रहेका कारण लामो समय उभिएर बोल्न गार्हो भएको ओलीको भनाई छ।

सभामुखको निर्देशनमा ओलीलाई बस्ने व्यवस्था मिलाइसकिएको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०६:५७

“नक्सा तयार हुनु ऐतिहाँसिक कोसेढुङा, अब आफ्नो भुमि फिर्ता लिनुपर्छ”