ओलीको स्पष्टीकरण बाबुरामलाई चित्त बुझेन: भने- ‘अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिने कुनै छाँटकाँट नदेखिएको बताएका छन्।

मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिन प्रतिनिधिसभा पुगेका प्रधानमन्त्रीको स्पष्टीकरण सुनेपछि सामाजिक संजाल मार्फत भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

“प्रधानमन्त्री केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।”,ट्वीटरमा भट्टराईले लेखेका छन्।

सांसदहरुले उठाएको विषयहरुमा स्पष्टीकरण दिने क्रममा ओलीले कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा ओलीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको भट्टराईको दावी छ।

लिम्पियाधुरा–लिपुलेक–कालापानी लगायतका क्षेत्र समावेश गरेर नक्सा सार्वजनिक गरेको विषयको ब्याज भजाएर कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने प्रष्ट भएको भट्टराईको बुझाई छ।

“लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!”,भट्टराईले लेखेका छन्।

भट्टराईको ट्वीट यस्तो छ –

“प्रधानमन्त्री केपी शर्मा ओलीको ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!”

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१०:३४

मंगलबार २७ जनामा कोरोनाको पुष्टि !