गोंगबुका १५ जना र भृकुटीमन्डपका ३२ जनामा आरडिटी पोजेटिभ !

काठमाडौँ – राजधानीका विभिन्न स्थानहरुमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा कोरोना परीक्षण तिब्र बनाइएको छ।

उपत्यकाका विभिन्न स्थानहरुमा कोरोना संक्रमण देखिन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा कोरोना परीक्षण तिब्र बनाइएको हो।

सांकेतिक तस्विर

गोँगबु, भृकुटीमण्डप, कालिमाटी तरकारी बजार लगायतका क्षेत्रमा केहि दिन देखि कोरोना परीक्षण तिब्र बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार गत केही दिनमा काठमाडौँ उपत्यकामा २ हजार २ सय ३६ जनामा आरडीटी परीक्षण गरिएको छ भने १ हजार १९ जनामा पीसीआर परीक्षण गरिएको छ।

कालीमाटीमा गरिएको आरडीटीबाट ७ सय जनाको परीक्षणमा गरिएकोमा ३ वटा नमूना पोजेटिभ आएको र ३ सय ३४ पीसीआर परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको उनले बताए।

सांकेतिक तस्विर

यस्तै गोंगबुमा आरडीटीबाट ४२० जनाको परीक्षण गरिएकोमा १५ जनामा पोजेटिभ आएको र पीसीआर परीक्षण गरिएका १७२ जना को रिपोर्ट आउन बाँकि रहेको छ।

भृकुटीमन्डपमा आरडीटीबाट ४५२ जना र पीसीआरबाट २४६ जनाको परीक्षण गरिएको छ। आरडीटी परीक्षण गरिएका मध्ये ३२ जनाको रिपोर्ट पोजेटिभ आएको र पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकि रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१२:२८

“नेपालमा कोरोनाको कारण अहिले सम्म कसैको ज्यान गएको छैन” – ओली