चक्रवात अम्पुन: २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडी बढ्दै !

ढाका – बङ्गलादेशले अम्पुन नाम दिइएको आँधीका कारण कैयौँ प्रमुख जलमार्गहरूमा फेरी सेवा अवरूद्ध बनेका छन् ।

बङ्गलादेशको आन्तरिक जल यातायात कर्पोरेसनका अनुसार आँधीका कारण प्रभावित बनेका जलमार्गहरूमा पाटुरिया–दौलतदिया, शिमुलिया–काथलबारी, चन्दपुर–शरितपुर, भोला–लक्ष्मीपुर र भेदुरिया–लाहारहट रहेका ढाका ट्रिबुनले जानकारी गराएको छ ।

बङ्गलादेश मौसमविज्ञान विभागद्वारा मङ्गलबार जारी विशेष बुलेटिनमा अम्फानले पश्चिम–मध्य बङ्गाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको बताइएको छ ।

अम्पुन उत्तरबाट उत्तरपूर्व दिशा हुँदै मध्यरातमा खुल्ना–चट्टोग्राम पुग्ने र यसको प्रभाव बुधबार साँझसम्म रहनेछ । सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ ।

हामीले सामुद्रिक तट नजिकमा रहेका गाउँका करिब १२ हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको छ । विभागले माछा मार्न प्रयोग हुने सबै डुङ्गा तथा माझिहरूलाई तत्काल उत्तरको खाडीबाट सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नहुँदासम्म नफर्कन निर्देशन गरेका छौँ । अम्पुनको प्रभाव उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमासमेत पर्ने बताइएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१३:२४

यस्तो छ महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो ! [तस्विर सहित]