ललितपुरका संक्रमित डाक्टर रहेको खुल्यो !

काठमाडौँ – मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ललितपुरका कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी रहेको खुलेको छ। प्राप्त जानकारी अनुसार उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सक हुन्।

ललितपुर महानगरपालिकाका ती २६ वर्षीय स्वास्थ्य सेवा विभाग अन्तर्गत करारमा काम गरेका चिकित्सक रहेको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

यस अगाडी उनी को हुन् भन्ने बारे अन्योता रहेको थियो। अहिले उनी स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

उपत्यकाका तीनै जिल्लामा कोरोनाको पुष्टि, आज मात्रै पाँच जना थपिए !

काठमाडौँ – मंगलबार एकै दिन काठमाडौँ उपत्यकामा पाँच कोरोना भाइरस संक्रमित थपिएका छन्। मंगलबार ललितपुरमा समेत पहिलोपटक कोरोना संक्रमितको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार काठमाडौँक तीन जिल्लामा पाँच जनामा कोरोनाको पुष्टि भएको जानकारी दिएका।

उनका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्।

यस्ता सँगै काठमाडौँमा संक्रमितको संख्या १२ पुगेको छ। जस मध्ये ५ जना निको भएका छन्। मंगलबारको नयाँ पुष्टिले भक्तपुरमा संक्रमितको संख्या ४ पुर्याएको छ। ललितपुरमा भने पहिलोपटक कोरोनाको पुष्टि भएको हो।

काठमाडौँका ३ जिल्ला बाहेक अन्य ७ जिल्लामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलबार झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित फेला परेका छन्।

मंगलबार २७ संक्रमितमा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। जस मध्ये ३४० जना पुरुष रहेका छन् भने ६२ महिला रहेका छन्। मंगलबार सम्म ३६ जिल्लामा कोरोनाको पुष्टि भएको देवकोटाले बताए।

प्रदेश अनुसार संक्रमितको संख्या प्रदेश १ मा ५४, प्रदेश २ मा १३६, बागमतीमा २७, गण्डकीमा ४, प्रदेश ५ मा १७६, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ जना पुगेको छ।

यस्तै झापाका एक जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उनी सोमबार निको भएर डिस्चार्ज भएका हुन्। यो सँगै नेपालमा संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१३:०४

चक्रवात अम्पुन: २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडी बढ्दै !