नेपाल–भारत सिमानामा मानवअधिकारको उपहास !

मलंगबा, (सर्लाही) – जिल्लाका विभिन्न उद्योगमा मजदुरी गरेर बस्ने चार सयभन्दा बढी भारतीय नागरिकको लर्को मंगलबार सीमा क्षेत्रमा पुग्यो र भारतीय सुरक्षाकर्मीले पारि जान नदिएपछि पुनः नेपालतिरै फक्र्यो ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

महिला र केटाकेटीको संख्या बढी रहेको यस समूहका व्यक्तिले सर्लाहीलगायत आसपारका जिल्लामा मजदुरी काम गरेर बस्दै आएको तर साहुले अब काम दिन र पाल्न पनि सक्दिनँ भनेर दबाब दिएका कारण बाध्य भएर विहारको विभिन्न क्षेत्रमा रहेको आफ्नो घरमा जान खोज्दा जान नदिएपछि पुनः साहुकै शरणमा जान लागेको अधिकांशले बताएका छन् ।

‘लकडाउन खुलिहाल्छ कि भनेर केही समय अलिकति जम्मा भएको पैसा खर्च गर्दै बस्यौं, तर तत्कालै खुल्ने सम्भावना देखिएन, बरु आफ्नै घरतिर जाउँ भनेर हिँडेको, कस्तो समस्यामा परियो ।’ –टाउकोमा ठूलो गुन्टा र हातमा ६ वर्षकी छोरी डोहो¥याएका श्रीधन महतोले नेपाल समाचारपत्रलाई भने । उनी जिल्लाकै एक इँटाभट्टामा विगत तीन वर्षदेखि काम गर्दै आएको बताउँछन् । उनका अनुसार यस झुुण्डमा ठूलो संख्या इँटाभट्टामै काम गर्नेहरूको छ ।

यस समूहलाई भारतीय सुरक्षाकर्मीले पारी जान रोकेका हुन् । महतो भन्छन्– ‘हामीले आफ्नो ठेगाना पनि बतायौं, रासनकार्ड पनि देखायौं, तर आफ्नै देशका सुरक्षाकर्मीले हाम्रो कुरा सुनेनन्, निःसहाय हुनुप¥यो ।’ नेपालतर्फ फर्किंदै गरेका उनीहरुमध्ये अधिकांश पूर्वपश्चिम राजमार्गको किनारमा अन्योलपूर्ण र कुनै आश्रयदाताको खोजीमा बसेका देखिए ।

सिमाना क्षेत्रमा खटिएका एक नेपाली सुरक्षाकर्मीले नेपाल समाचारपत्रलाई बताए– ‘भारतीय नागरिकलाई उनीहरूको सरकारले जान दियो भने हामीले रोक्ने कुरा आउँदैन, यो उनीहरूको मामिला हो, तर जान दिएको छैन ।

उनका अनुसार यी नागरिकहरू गए रातिदेखि नै भन्सार क्षेत्रमा थुप्रिएर बसेका छन्, बारम्बार भारतीय सुरक्षाकर्मीलाई अनुरोध गर्छन्, कतिले रुँदै बिलौना गरेको पनि देखिन्छ, तर केन्द्रीय सरकारहरूबीचको सहमतिको विषय भएकाले स्थानीय प्रशासनले केही गर्न मिल्दैन ।

सामाजिक दूूरी के हो कसैले ख्याल गर्न सकेको छैन, त्यसलाई महत्व दिन भ्याएको पनि छैन ।’

नेपाल–भारतबीच खुला सिमाना मात्र नभई अव्यवस्थित सिमाना भएका कारण १ हजार ७ सय खुला सिमानाको जहाँसुकैबाट प्रवेश गर्ने सम्भावना रहेकाले एक–आपसको मुलुकमा एक–अर्काका कति जनता छन् भन्न सक्ने अवस्था छैन । तापनि यो संख्या लाखौंमा रहेको निश्चित छ । पारि सिमानामा रहेका नेपाल प्रवेश गर्न चाहने नेपालीको पनि यस्तै विजोग अवस्था छ ।

‘दुवै देशका सरकारले आ–आफ्ना नागरिकलाई आफ्नो मुलुक जान नदिएर नागरिक अधिकारको हनन गरिरहेको छ ।’ –सिमाना अवलोकनमा आएका एक मानवअधिकारकर्मीले भने ।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०२:३१

यस जनावरबाट मानवमा सरेको रहेछ कोरोना, बैज्ञानिकहरुले गरे पुष्टि !