माता-पिताको खुशीको लागि जे गर्न पनि तयार हुन्छन् यी ४ राशि हुनेहरु !

आफ्ना सन्तानले राम्रो प्रगति गरोस् भन्ने हरेक माता-पिताको इच्छा रहने गर्छ। हरेक माता-पिता आफ्नो सन्तान जीवनमा केहि बनोस् र आफ्नो पनि ख्याल राखोस् भन्ने आशामा हुन्छन्।

ज्योतिषशास्त्रका अनुसर निम्न उल्लेखित केहि राशिहरु आफ्नो माता-पिताको हरेक इच्छा पूरा गर्ने कोशिस गर्छन् अनि हरेक भनाईलाई सर्वोपरी ठान्छन्।

मेष राशि

यस राशि हुनेहरु आफ्ना माता-पितालाई लिएर ज्यादैनै भावुक हुन्छन्। जन्म दिने माता-पिताको हरेक इच्छा पूरा गर्न मेष राशि हुनेहरुको विशेष प्रयास रहने गर्छ। आफ्नो सफलता भन्दा पनि माता-पिताको इच्छा यिनको प्राथमिकतामा पर्ने गर्छ।

कन्या राशि

सरल अनि व्यवहारिक स्वभावका हुन्छन् कन्या राशि हुनेहरु। माता-पिताको लागि कठोर भन्दा कठोर परिश्रम गर्न पनि कन्या राशि हुनेहरु पछि पर्दैनन्। आफूलाई गुण लगुना कसैको पनि गुण नभुल्ने हुनाले पनि यस राशि हुनेहरु माता-पितालाई लिएर अलि बढीनै भावुक हुन्छन्।

मकर राशि

यस राशि हुनेहरुलाई बुद्धिमान मान्ने गरिन्छ। हरेक काममा दिमाख चलाउने यीनको बानि हुन्छ। व्यस्त दैनिकीको समयका वावजुत पनि यस राशि हुनेहरु आफ्ना माता-पिताको लागि समय निकाल्छन्। त्यति मात्र नभई काम र माता-पिता दुवैलाई बारबार प्राथमिकता दिएर सन्तुलनमा राख्न सक्ने यस राशि हुनेहरुको खुबी रहने गर्छ।

मीन राशि

मीन राशि हुनेहरु दयालु, कलात्मक, सहज अनि सभ्य हुन्छन्। यस अर्थमा यिनीहरु अरुको दुख देख्न सक्दैनन्। अरुको दुख देख्न नसक्नेले आफ्नै माता-पिताको दुख कसरी देख्न सक्छन् र ? मीन राशिहरु आफ्ना माता-पितालाई हरेक प्रकारका सुख मिलोस् भन्ने चाहना राख्छन्। जसको लागि यिनीहरु जस्तो सुकै दुख गर्न पनि पछि पर्दैनन्।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७१३:३०

राति जन्मने बढी भाग्यमानी की दिउँसो जन्मने ? [भाग्य र स्वभाव सहित]