भक्तपुरमा एक जना सहित थप ९ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा गरिएको परीक्षणबाट शुक्रबार बेलुका ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरकी ५४ वर्षकी महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षका पुरुष र बारामा २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ जना पुगेको छ।

यस अगाडी डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूष गरी २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

यस्तै शुक्रबार कोरोना भाइरस सङ्क्रमण भएका २१ जना निको भएर घर फर्किएका छन्। शुक्रबार निको भएर घर फर्किने सबैजना बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत संक्रमित रहेका छन्।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७१४:५२

“मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त भए, देश कता जाँदैछ?” – बाबुराम