कालापानी क्षेत्रमा भारतले फौज र हवाई गस्ती बढायो !

काठमाडौँ – नेपालले नयाँ सार्वजनिक गर्दै सरकारले कालापानी-लिपुलेक आसपासको क्षेत्रको सीमामा सुरक्षा चासो बढाएपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ ।

नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको हो। भारतले अहिले दैनिक एक दर्जन जति हवाई गस्ती गर्दै आएको छ।

यस अगाडी दैनिक एक पटक मात्रै गस्ती गर्दै आएको भारतीय सेनाले कालापानी क्षेत्रमा लगभग १ दर्जन हवाई गस्ती गर्दै आएको छ। स्थानीयहरुका अनुसार दैनिक १५ पटक सम्म भारतीय सेनाको हेलिकप्टर देखिने गरेका छन्।

नेपालले सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा सुरक्षा फौज पनि बढाएको छ। यधपी भारतले त्यस क्षेत्रमा पछिल्लो समय कति फौज बढायो भन्ने बारे एकिन भने भइसकेको छैन। स्थानीयहरुले गरेको अनुमान अनुसार त्यहाँ भारतले सबै सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ गरेको छ।

भारतले गुन्जीदेखि कालापानी र लिपुलेकसम्म भारत–तिब्बत पुलिस (आईटीबीपी), भारतीय सेना, सीमा सुरक्षा बललगायत ६ वटा सुरक्षा अंग तैनाथ गरेको छ। चीनसितको रणनीतिक क्षेत्र भएकाले भारतले सो क्षेत्रमा ६ सुरक्षा अंग तैनाथ गरेको हो।

यस्तै सो क्षेत्रमा भारतले पैदल गस्ती पनि बढाएको छ। पहिला पैदल गस्ती १-२ पटक मात्र हुने गरेको भएपनि दैनिक ५-६ पटक सम्म गस्ती हुने गरेको स्थानीयहरुले बताएका छन्। यस अगाडी गस्ती टोलिमा ५-६ जान मात्र हुने भए पनि अहिले त्यसो संख्या दोब्बर भएको स्थानीयहरु बताउँछन्।

प्रकाशित : शनिबार, जेठ १०, २०७७०२:३६

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा फेरी थपिए कोरोना संक्रमित !