थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा फेरी थपिए कोरोना संक्रमित !

काठमाडौँ – शनिबार बिहान ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ जना, प्रदेशी जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा ८ जना र भरतपुर अस्पतालको प्रयोगशालामा १ जना गरी ३२ जनामा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा कोरोनाको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको हो। जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीया महिला रहेका छन्।

बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोनाको पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएको छ। उक्त प्रयोगशालामा पुष्टि भएकाहरुमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष छन्। यस्तै चितवनको भरतपुर-६ का ५२ वर्षीय पुरुषमा भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणले कोरोनाको पुष्टि गरेको छ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ । हाल सम्म ७० जना संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

प्रकाशित : शनिबार, जेठ १०, २०७७०३:४२

ब्राजिलमा कोरोनाको उग्र रुप, बिरामी राख्ने ठाउँ नहुँदा उच्च मृत्यु !