काठमाडौं । लसुन हाम्रो स्वास्थ्यको लागी सबै प्रकारले फाइदाजनक हुन्छ ।यसले हामीलाई सानो रोगहरु देखि लिएर ठुलठुला रोगहरुबाट पनि बचाउछ । जसलाई हाम्री दैनिक रुपमा तरकारीमा प्रयोग गर्ने गर्छौ । एउटा रोचक कुरो हामी लसुनको ब्रोकालाई केलाएर फाल्ने गर्दछौ । तर अब त्यसो नगर्नुहोस । यसको पनि धेरै यस्ता खतरनाक रोगहरुको औषधी हुन्छ । हेर्नुस्
-पहिलो लसुनको ब्रोकाको फाइदा भनेको कपाल झर्ने समस्याको रोकथाम गर्छ । यसका लागी लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् चट्टै हुन्छ ।
-दोस्रोमा यसले तपाईको अनुहारमा आएको डण्डिफोर निको पार्छ । यसका लागी लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् । यसो गर्दा यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियले यो निको हुन्छ ।
-तेस्रोमा रुघा–खोकीबाट पनि छुटकारा दिन्छ । यदि लसुनको बोक्रलाई पानीमा हालेर उमालेर यसलाई छानेर पिउँदा रुघा–खोकी चट्टै हुन्छ ।
– चौथोमा लसुनको ब्रोकाले खुट्टा सुन्निएका निको हुन्छ । लसुनको बोक्रालाई पानीमा हालेर उमालेर पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् ठिक हुन्छ ।
-पाचौमा लसुनको ब्रोका दमको औषधी हुन्छ । यदि लसुनलाई पिसेर यसमा मह मिसाएर बिहान बेलुका खाँदा दमको कम हुन्छ ।
-र अन्त्यमा लसुनको बोक्रालाई पेष्ट बनाएर यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ । भने छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।