एजेन्सी – भगवान विष्णुको सक्षात रुप मानेर पिपललाई पूजा-अर्चना गरिँदै आईएको हो। यसको अलावा अन्य धेरै धार्मिक मान्यताहरु जोडिएको छ। पिपलमा स्वास्थ्यका लागि अत्यावश्यकीय औषधीय गुण समेत हुने गर्छ। यसको प्रयोग पेटसँग सम्बन्धी समस्याहरु जस्तै पेट दुख्ने , मृगौला सम्बन्धी समस्या , कब्जियत आदिका लागि गरिन्छ।
पिपलको पातको अन्य फाइदाहरु के के छन त?
पेट दुखाई
पिपलको ४/५ वटा पातको पेस्ट बनाएर दिनमा ३/४ पटक खाने गर्नाले पेट दुखाई सम्बन्धी समस्याबाट मुक्ति पाउन सकिन्छ।
स्वासप्रश्वास सम्बन्धि समस्या
पिपलको बोक्रा र पाकेको फललाई अलग अलग पाउडर बनाई समान रुपमा मिसाएर मिश्रण बनाउने र तयार गरिएको यसलाई दिनमा कम्तिमा पनि ३/४ पटक सेवन गर्नाले स्वास प्रस्वाश सम्बन्धी हरेक समस्याबाट राहत पाउन सकिन्छ।
त्वचा रोग
भर्खर झरेर पलाएको पिपलको पात चपाउनाले त्वचा सम्बन्धी बिबिध समस्याबाट छुटकारा दिलाउछ।
दाद तथा अन्य समस्या
करिब ५० ग्राम जती पिपलको बोक्रालाई बालेर त्यसको खरानी बनाई निबुवा र घ्यु मिलाई पेस्ट बनाएर प्रभावित अंगमा लगाउनाले शरीरमा आएका दाद या अन्य समस्याबाट तुरुन्तै नसोचेको परिवर्तन पाउन सकिन्छ।
छाला फुटेको
फुटेको ठाउँमा पिपलको पातको रस या यसबाट आउने दुध लगाउनाले यस प्रकारको हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ।
सफा रगत
पिपलको बिउलाई पिसेर यसको पाउडर महमा मिसाई हरेक दिन खानाले शरीरमा रक्तसंचार राम्रो संग भई रगत समेत सफा राख्न मदत गर्छ।
कब्जियत
कब्जियतको समस्याबाट ग्रसित मानिसहरुका लागि पनि हरेक दिन पिपलको फल खानु फाइदाजनक छ।
आँखाको समस्या
पिपलको पातबाट आउने दुध आँखामा लगाउनाले आँखासम्बन्धी समस्याहरु जस्तै आँखा पाक्ने , चिलाउने आदिको निदान पाउन सकिन्छ।
दांत दुख्ने
पिपलको बोटको बोक्रालाई पिसेर मिश्रण गरेर कुल्ला गर्नाले दांत दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।