काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत उनले सांसद कोषको रकमले स्वाभिमानी सांसदहरुलाई लज्जित बनाएको भन्दै सांसद विकास कोष खारेज गर्न माग गरेका हुन् । यो रकमलाई सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर एक एक अर्ब बिनियोजन गर्नुपर्ने उनको भनाई छ।
“सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ”, उनले भनेका छन्, “यसो गरौं न–सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १र१अर्ब बजेट बिनियोजन होस् । अहिलेको कनिका रकम खारेज होस !”
यस अगाडी भट्टराईसँग पराजित नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि सांसद विकास कोष खारेज गर्न माग गरेका थिए। जसको समर्थनमा भट्टराई पनि उत्रिएका हुन्।
यस्तो छ भट्टराईको ट्वीट –
“सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ यसो गरौं न-सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १/१अर्ब बजेट बिनियोजन होस्। अहिलेको कनिका रकम खारेज होस!”
सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ।यसो गरौं न-सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारनिम्ति करिब १/१अर्ब बजेट विनियोजन होस्।अहिलेको कनिका रकम खारेज होस!
— Baburam Bhattarai (@brb1954) May 27, 2020