चाणक्य नीति : यस्तो घरलाई मानिन्छ चिहान समान, समयमै सजग रहनुहोला

काठमाडौँ : घरमा सधैं सुख-शान्तिको वातावरण बनिरहोस्, हरेक व्यक्तिको मुखमा मधुर वाणीको बास होस्, प्रेमभाव घरका सबै सदस्यमा होस्, जहाँ हरेकको सम्मान होस्, दैनिक पूजा-पाठ हुन्छ भने यस्तो घरलाई स्वर्ग समान मानिन्छ। तर जहाँ दयाभाव हुँदैन, ज्ञानको सम्मान हुँदैन, यस्तो घरलाई चिहान सरह मानिन्छ। आचार्य चाणक्यले आफ्नो नीतिहरुका माध्यमबाट घरलाई कसरी स्वर्ग जस्तो बनाउन सकिन्छ र कुन घर एक चिहान सरह हुन्छ भन्ने कुरा बताएका छन्।

१. जहाँ हुन्छ यिनका निरादार/अनादर :

नविप्रादोदकर्दमानिनवेदशास्त्रघ्वनिगार्जि
तानि!! स्वाहास्वधाकारविवर्जितानिश्मशान

तक्षशिलाका आचार्य तथा दार्शनिक चाणक्यले आफ्नो श्लोकद्वारा बताएका छन् कि जुन घरमा ज्ञानी र पण्डितको सम्मान हुँदैन, यस्तो घरलाई चिहान समान मानिन्छ। ज्ञानीले सधैं ज्ञान दिन्छन, जसको मद्दतले जिन्दगीका थुप्रै समस्याहरुका हल निकाल्न सकिन्छ। तर जुन घरमा उनीहरुकै अनादर हुन्छ भने त्यो घर चिहान समान हुन्छ।

२. जहाँ हुँदैन यी उच्चारण :

राजनीति र कूटनीतिका ज्ञाता आचार्य चाणक्यले वेद पाठ र मन्त्र जप उच्चारण नहुने घर चिहान सरह हुने बताएका छन्। घरमा वेद पाठ र मन्त्र जप गर्दा घरभित्र सकारात्मक उर्जा प्रवाह हुन्छ, जसले घरका सम्पूर्ण सदस्यहरुबीच प्रेम भाव बनाइराख्छ।

३. यस्तो घरमा हुन्छ नकारात्मक उर्जाको बास :

चाणक्यले भनेका छन् कि जुन घरमा स्वाहा स्वधा अर्थात यज्ञ कर्म या हवन हुँदैन, यस्तो घर चिहान समान हुन्छ। यज्ञ गर्दा घरमा नकारात्मक उर्जाको बास हुन् पाउँदैन्। यस्तो घरमा सधैं सुख-शान्तिको वातावरण बनिरहन्छ। आर्थिक क्षेत्रमा लाभ हुन्छ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७११:०६

यी रुपवती अप्सराहरुका कामुक र मादक हर्कतले बदलियो स्वर्ग र धर्तीको इतिहास