यी हुन् इन्गेजमेन्ट भएर पनि जीवनसाथी बन्न नसकेका बलिउडका कलाकारहरु!

बलिउड उद्योगका कलाकारहरुको प्रेम रिल लाइफमा सफल भएता पनि रियल लाइफमा सफल हुन नसकेका कलाकर्मीहरु पनि छन ।  जसको इन्गेजमेन्ट भएर पनि बिवाह हुन सकेन ।  आखिर ति कलाकर्मीहरु को-को हुन त ?

अभिषेक बच्चन-करिश्मा कपूर

यस लिस्टमा सबैभन्दा पहिले आउने नाम हो अभिषेक बच्चन र करिश्मा कपूर । यी दुइ कुनै समयमा प्रेमी जोडी थिए तर पनि विभिन्न कारणबश यी दुईको इन्गेजमेन्ट भएर पनि विवाह हुन सकेन ।  हाल भने अभिषेक ऐश्वर्या रायसंग सुखद दाम्पत्यजीवन बिताईरहेका छन।

विवेक ओबेराय – गुरप्रीत गिल

विवेक ओबेरायको नाम पनि कुनै समय ऐश्वर्या रायसंग जोडिएको थियो । चलचित्रमा प्रवेश गर्नु पुर्व भने उनको मोडल गुरप्रीत गिलसंग प्रेम सम्बन्ध रहेको थियो। तथापी बलिउडमा प्रवेश गरेपश्चात यी दुईको सम्बन्धमा फाटो आएको थियो।

​सलमान खान-संगीता बिजलानी

सलमान खान र संगीता बिजलानी कुनै समयमा एक अर्काको मायामा पागल जस्तै भएका थिए र यी दुईले बिवाह गर्ने योजना पनी नबनाएका होइनन ।  सलमानको बायोग्राफी ‘बीइंग सलमान’ को अनुसार यी दुई सन् १९९४ मे २७ मा बिवाह बन्धनमा बाँधिने लगभग पक्का भईसकेको थियो र बिवाहको कार्ड पनि छपाईसकेका थिए।  तथापी संगीता कै कारणले गर्दा बिचमै यी दुईको विवाह  हुन सकेन ।

अक्षय कुमार-रवीना टंडन

पछिल्लो समयका चर्चित बलिउड अभिनेता अक्षय कुमार र रवीना टंडनको प्रेम सम्बन्धलाई किएर कुनै समय चलचित्र बजारमा निकै नै चर्चा भएको थियो । रिपोर्टका अनुसार यी दुईले गुपचुपमा मन्दिरमा बिवाह गर्ने तयारी पनि गरिसकेका थिए। तर अक्षयले शिल्पा शेट्टीलाई धोका दिएको कुरा रबिनाले थाहा  पाएपछि यी दुइको सम्बन्धमा फाटो आएको हो।

अक्षय कुमार-शिल्पा शेट्टी

भनिन्छ शिल्पा शेट्टीका लागि नै अक्षयले रविना टन्डनलाई धोका दिएका थिए ।  शिल्पाले अक्षयलाई एकदम माया गर्थिन र यी दूइको बिवाह हुने पनि पक्का भईसकेको थियो तर एक अन्तर्वार्तामा शिल्पाले अक्षयले आफुलाई धोका दिएको खुलासा गरेकी थिइन्  ।

साजिद खान-गौहर खान

निर्देशक साजिद खान र गौहर खानले सन्२००३ मा विवाह बन्धनमा बाधिएका थिए।  उक्त समयमा गौहर मोडल र साजिद टिभी होस्ट थिए।  यद्धपि विभिन्न कारणबश यी दुईले बिचमै बिवाह तोडेका थिए।

करिश्मा तन्ना-उपेन पटेल

‘नागिन ३ ‘ की अभिनेत्री  करिश्मा तन्ना र अभिनेता उपेन पटेल कुनै समयमा प्रेम सम्बन्धमा थिए।  यी दुई चर्चित टिभी रियालिटी शो बिग बोस मार्फत नजिकिएका थिए । यी दुइले सेटमै बिवाह पनि गरेका थिए तथापी विविध कारणबश यी दुईले विवाहको केहि दिन पश्चात नै सम्बन्ध बिच्छेद गरेका थिए ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१२:२४

मनमा बस्ने यी ३ युवतीहरुलाई सलमानले दिएका थिए करोडौं पर्ने कार ! [मूल्य सहित]