मनमा बस्ने यी ३ युवतीहरुलाई सलमानले दिएका थिए करोडौं पर्ने कार ! [मूल्य सहित]

एजेन्सी – मायाँ गर्नेलाई धेरै माया गर्ने र घृणा गर्नेलाई धेरै घृणा गर्ने सलमान खानको बानि नै हो। आफूलाई मन नपरेको व्यक्तिको खेदो खन्न समेत पछि नपर्ने सलमान मनले खाएको व्यक्तिको लागि भने ज्यानै दिन पनि पछि पर्दैनन्।

बलिउडमा लामो समय देखि सक्रिय रहेका सलमानले शत्रु सँग-सँगै मित्र पनि कमाएका छन्। सलमान मनले खाएको व्यक्तिलाई करोडौ मूल्य पर्ने उपहार दिन पनि पछि पर्दैनन्।

मनले खाएका यी ३ युवतीलाई सलमानले सबै भन्दा महँगो मूल्य पर्ने उपहार दिएका थिए।

अर्पिता खान

सलमान खान बहिनी अर्पित खानलाई ज्यादै मायाँ गर्छन्। बहिनी अर्पितालाई कुनै पनि चीजको कमि नहोस् भन्ने सलमानको प्रयास रहने गर्छ। गत वर्ष मात्रै सलमानले अर्पितलाई ‘रोल्स रोये’ कार उपहार दिएका थिए। भारतीय साढे ३ करोड पर्ने उक्त कार सलमानले विवाहको उपहार स्वरूप दिएका थिए।

सोनम कपूर

सलमान खान र अनिल कपूरको मित्रता बारे त भनिराख्नु नपर्ला। उनै मित्र अनिलकी छोरी सोनमसँग सलमानले चलचित्रमा कम पनि गरिसके। सलमानले सोनम कपूरको विवाहमा लेम्बोर्गिनी कार गिफ्ट गरेका थिए। ९० लाख भरतीय रुपैंया पर्ने यस कार सोनमले विवाहमा पाएको सबै भन्दा महँगो उपहार रहेको थियो।

ज्याकलिन फर्नान्डेज

सलमान खानलाई सबै भन्दा मनपर्ने बलिउड नायिकाहरुको सूचियामा ज्याक्लिनको नाम पनि पर्ने गर्छ। सलमान र ज्याक्लिनले सँगै काम पाई गरेका छन्। यति मात्र नभई सलमान र ज्याकलिन मिल्ने साथी पनि हुन्। यसकारणले नै गर्दा सलमानले ज्याक्लिनलाई 2.5 करोड रुपैया पर्ने पेंटिंग उपहार दिएका थिए।

प्रकाशित : आइतबार, जेठ १८, २०७७१४:५९

यी फ्लप बलिउड नायकले भेटे सुन्दर भन्दा सुन्दर श्रीमती, सुन्दरता देखेर जल्ने गर्छन् नायिकाहरु !