तपाईको शरीरको यस्तो भागमा कोठी छ भने विवाहपछि खुल्नेछ भाग्य !

एजेन्सी, समुद्रशास्त्रमा शरीरको अलग-अलग अंगहरुमा भएको कोठीको बारेमा केही रहस्यहरु बताईएको छ । केही कोठीले व्यक्तिको जीवनमा आउने समस्याहरुको बारेमा बताउने गर्दछ भने केहीले उनीहरुको भाग्य र धन लाभको सूचना दिने गर्दछ । यहाँ शरीरको अंगहरुमा भएको यस्तो कोठीको बारेमा कुरा गर्नेछौ जसलाई विवाहपछि धन र उन्नति दिलाउने संकेत  मानिएको छ ।

१. नाकको दायाँ तर्फ कोठी छ भने तपाई विवाहपछि धनवान बन्नुहुनेछ र जिन्दगीको सबै सुख प्राप्त गर्नुहुनेछ।
२. यदी तपाइको दायाँ गालामा कोठी छ भने यसले पैसाको चिन्ता नगर्नको लागी संकेत गर्दछ, किनकि यसले विवाह पछि तपाईसँग धेरै पैसा  हुने संकेत गर्दछ ।
३. निधारमा दुवै आखाको बीचमा कोठी हुनु तपाइको सफल जीवनको संकेत  हो । तपाई विवाहपछि जीवनमा लगातार सफलता तर्फ बढ्नु हुनेछ ।
४. हत्केलामा विवाह रेखा पछि रातो रङको कोठी हुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुनेछ र विवाहपछि यिनीहरुको जीवनमा खुशी आउनेछ ।  तर कालो कोठी विवाह रेखामा हुनु ठीक यसको विपरीत परिणाम दिने गर्दछ ।
५. पैतालामा कोठी हुनु भनेको व्यक्ति भ्रमणशील हुने संकेत गर्दछ  र विवाहपछि भाग्यको ढोका खुल्ने  छ  ।
६. छातीको मध्य भागमा जसको कोठी हुन्छ उनीहरु दयालु हुने गर्दछ र विवाह पछि जीवनसाथीसँग यिनीहरुको सुमधुर सम्बन्ध बनिरहन्छ साथै सुख समृद्धि बढीरहन्छ ।
७. हत्केलामा शुक्र पर्वतमा कोठीहुनु धन प्राप्तिको संकेत हो ।
८. ढाडमा भएको कोठी सुख भोगको संकेत  हुने गर्दछ ।
९. जसको नाभिको मुनी कोठी हुन्छ उनीहरु धनको मामलामा निकै भाग्यशाली हुने गर्दछन् र यिनीहरुलाई धनको अभाव कहिले हुदैन ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१२:४५

यी तीन राशि भएका महिलाहरु जहिले पनि झुकाउने गर्छन् पुरुषहरुलाई !