जन्मदिनमा नगर्नुहोस् यस्ता गल्ति !

आफ्नो जन्मदिन मनाउने अहिले ट्रेन्डनै बसेको छ। जन्मदिनलाई सामाजिक, पारिवारिक मात्र नभई धार्मिक रुपले पनि महत्वको साथ लिने गरिन्छ। यस दिनलाई धुमधाम मनाउने गरिन्छ। तर यस दिन ज्योतिष शास्त्र र धार्मिक आस्थाका अनुसार विभिन्न कार्य गर्न हुँदैन।

ज्योतिष शास्त्रका अनुसार जन्मदिनमा वर्षभरको कुण्डली खुल्ने गर्छ। यस दिनलाई सठीक तरिका मनाउनाले वर्षभर राम्रो असर पर्ने ज्योतिष शास्त्रको भनाइ रहेको छ।

ज्योतिष शास्त्र अनुसार जन्मदिनमा कहिले पनि कपाल र नङ काट्न हुँदैन। यसो गर्दा नकारात्मक उर्जा पैदा हुने ज्योतिषशास्त्रको मान्यता छ। यस दिन कपाल र नङ काट्दा वर्षभर नकारात्मक असर पर्ने गर्छ।

जन्मदिनको दिन मासुजन्य वस्तुहरु खान हुँदैन। यसो गर्दा वर्षभर नकारात्मक असर पर्न सक्छ। साथै यस दिन कुनै पनि प्रकारको अपराध गर्न हुँदैन। यस दिन किरा समेत मार्न नहुने धार्मिक मान्यता रहिआएको छ।

यस दिन साधू वा निर्धन व्यक्तिको अपमान गर्दा वर्षभर आफैलाई अपमान मिल्न सक्छ। घरमा कोहि पनि दुखि। गरिब माग्न आएको अवस्थामा रित्तो हात फर्काउन हुँदैन।

जन्मदिनको दिन क्रोधित हुन पनि अशुभ मान्ने गरिन्छ। यस दिनमा कसैसँग पनि झगडा गर्न हुँदैन। यसो गर्दा वर्षभर कुण्डलीमा असर पर्न सक्छ भन्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।

जन्मदिनमा स्नान गर्ने क्रममा पनि धेरै संयम हुनुपर्ने हिन्दू धर्म मान्यता रहेको छ। यस दिन तातो पानिले स्नान गर्न हुँदैन। स्नान गर्दा पनि गंगाजल अथवा सुन पानिले स्नान गर्दा दिन मात्र नभई वर्षनै राम्रो हुन सक्छ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१३:१०

के वास्तवमा रामायणका रावण राक्षस नै हुन् त? पढ्नुहोस!