के वास्तवमा रामायणका रावण राक्षस नै हुन् त? पढ्नुहोस!

रामायणका असुर सम्राट रावणले माता सीताको हरण गर्ने दुष्साहस गरेका थिए । हिन्दु धर्मशास्त्रका अनुसार रावण राक्षसी प्रबृत्ति भएका महान राम भक्त समेत हुन् । लंकापति रावणले आफ्नो शक्ति प्रतिष्ठामा ख्याल नराखी स्त्रीको चरित्रमा दाग लगाउने प्रयास समेत गरेका थिए।

जब रावणको नाम हाम्रो अगाडी आउछ तब हाम्रो मन मस्तिष्कमा नकारत्मक भाव उत्पन्न हुन्छ। दश शिर भएका रावणलाई पौराणिक मान्यता अनुसार खलनायकको रुपमा लिने गरिन्छ। तर के साच्चै रावण राक्षस नै थिए त? के इतिहासले भने अनुसार रावणको चरित्र गलत नै थियो त ?  रावणका सामु लुकेका यी रहस्यमयी कुराहरु

समुन्द्रको मिठो पानी

समुन्द्रको पानी न त खेतियोग्य हुन्छ न त पिउन लायक नै तर पनि रावणले समुन्द्रको पानीलाई पिउन योग्य बनाउने सोच गरेका थिए।

मनुष्यको चाहना अनुसारको वर्षा

रावण आफ्नो देश र जनताप्रति हमेशा चिन्तित हुने गर्थे। उनि सुक्खा जग्गा र जनता देखेर इन्द्र देवताको सिधा सम्पर्क जनतासंग भएको हेर्न चाहन्थे।

सुनमा सुगन्ध

रावण सुन जस्तो बहुमुल्य धातुमा सुगन्ध भएको र आम जनताले सुनको सुगन्ध चिन्न सक्ने क्षमता भएको हेर्न चाहन्थे। साथै उनले हर जनता निर्धनताबाट मुक्ति भएको समेत चाहना राखेका थिए।

बाबु छोरा

यो कुरा सुनेरअचम्म लाग्न सक्छ तथापी रावणले लामो समय सम्म कुनै पनि छोरा आफ्नो बाबुको साथमा भएको हेर्न चाहदैन्थे। कुनै पनि छोरा आफ्नो बाबुका साथमा बसेर बोझ बन्नु राम्रो हुदैन भन्ने मान्यता उनको रहेको थियो।

स्वर्ग सम्म पुग्ने सिंडी 

रावण भगवानका लागि मात्र नभई आम जनताको लागि पनि स्वर्गको ढोका खोलिदिन चाहन्थे। जसका  लागि उनले पृथ्वीदेखि स्वर्ग सम्मको भर्याङ्ग बनाउने सोचमा थिए तर उनको यो सपना अधुरै रह्यो।

रगतको रंग 

रावणले जीवनमा धेरै युद्ध देखेका थिए।  युद्धमा रातो रगतको आहालमा  डुबेको पनि देखेका थिए, जसका कारणले गर्दा नै उनले मानवको रगत कुनै पनि रंगको हुन नहुने सोच बनाएका थिए।

शरीरको रंग

रावण काला वर्णका थिए जसले गर्दा उनले धेरै ठाउँमा अपमान समेत खेप्नु परेको थियो। त्यसैले उनले यस धर्तीमा हुने हर मानिस  एकै रंगका हुनुपर्ने चाहना राखेका थिए ।  सबै एकै रंगका भएदेखि कालो गोरो भनेर कसैको सामु झुक्न नपर्ने समेत उनले सोचेका थिए तर बिडम्बना उनले सोचेका कुनै पनि कुरा सफल भने हुन सकेन।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१३:१६

यी हुन् भाग्यलाई जित्न जन्मिएका ३ राशि, भाग्यले नदिए परिश्रमले गर्छन् प्रगति !