यी हुन् भाग्यलाई जित्न जन्मिएका ३ राशि, भाग्यले नदिए परिश्रमले गर्छन् प्रगति !

ज्योतिष शास्त्र अनुसार हरेक राशिको छुट्टा-छुट्टै भाग्य, व्यवहार र आचरण हुने गर्छ। कुण्डलीमा हुने विभिन्न ग्रहको प्रभाव अनुसार राशिहरुको भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको मान्यता रहेको छ।

केहि राशि हुनेहरु सजिलै सफल हुन्छन्। तर केहि राशि हुनेहरुले भने सफल हुन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यी र यस्ता विभिन्न तथ्यहरुलाई ज्योतिष शास्त्रले प्रष्ट्याउने गर्दछ।

ज्योतिष शास्त्रका अनुसार निम्न उल्लेखित ३ राशिहरु धेरै नै मिहिनेती र भाग्यमानी हुन्छन्।

कन्या राशि

कन्या राशि हुनेहरुको कुण्डलीमा प्राय राजयोगको उपस्थिति हुने गर्दछ। जीवनमा दुखमा पनि सुख भेट्ने हुँदा यस राशि हुनेहरुलाई अन्य राशि भन्दा परिश्रमी मान्ने गरिन्छ। बुद्धिमान र होशियार भएको कारण यस राशि हुनेहरुले राम्रै प्रगति गर्छन्। यस्तै हरेक परिस्थितिलाई सहजीकरण गर्ने खुबीको कारण पनि यस राशि हुनेहरु जीवनमा सफल हुन्छन्।

वृश्चिक राशि

वृश्चिक राशिलाई कठोर राशिको रुपमा चिनिन्छ। यस राशि हुनेहरु दुख गर्न डराउँदैनन्। यस्तै वृश्चिक राशि हुनेहरु जीवनमा आइपर्ने हरेक संघर्षसँग लडेर जीत हँसिल गर्छन्। मिहिनेती हुनाले पनि यस राशि हुने व्यक्तिहरु जीवनमा छिट्टै सफल हुन्छन्। यति मात्र नभई यस राशि हुनेहरु खर्च गर्ने मामलामा पनि खासै कन्जुस्याइँ गर्दैनन्। विलासितामा खर्च गरेतापनि वृश्चिक राशि हुनेहरुलाई परिश्रमले जीवनमा धन दिलाउने गर्छ।

मीन राशि

मीन राशि हुनेहरु प्राय सकारात्मक रहने गर्छन्। हरेक कामलाई सन्तुलनमा राख्ने खुबीको कारणले गर्दा मीन राशि हुनेहरुलाई छिट्टै प्रगति हातलागि हुने गर्छ। धन कमाउने मामलामा मात्र नभई मन कमाउने मामलामा पनि अगाडी हुनाले मीन राशि हुनेहरु सजिलै सफलता चुम्ने गर्छन्। बलसँगै बुद्धि को उचित प्रयोगबाट मीन राशिहरु अफ्ठेरो परिस्थितिमा पनि सफलता प्राप्त गर्ने गर्छन्।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१३:१७

रोहिणी नक्षत्रमा सूर्यको प्रवेश, यी ४ राशिलाई सबै भन्दा बढी लाभ !