क्‍वारेन्टाइनबाट फर्किएपछि वृद्धको मृत्यु, स्वाव परीक्षणको रिपोर्ट आउन बाँकि !

काठमाडौँ – क्‍वारेन्टाइनमा बसेर फर्किएका एक वृद्धको सिन्धुपाल्चोकमा मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका-१३ को क्षेत्रीय क्‍वारेन्टाइनबाट फर्किएका एक वृद्धको शनिबार साँझ मृत्यु भएको हो। मृत्यु हुनेमा करिब ७० वर्षीय वृद्धा रहेका छन्।

वृद्धको क्‍वारेन्टाइनबाट फर्किएपछि ज्यान गएको जिल्ला समन्वय समितिले जनाएको छ। समितिका अनुसार वृद्धलाई हृदयघात भएको अनुमान गरिएको छ।

क्वारेन्टाइनबाट फर्किपछि वृद्धले श्‍वास फेर्न गाह्रो भयो भनेको र अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ। उनको स्वाव परीक्षण लागि धुलिखेल पठाइएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णबहादुर तामाङले बताए।

स्वाव परीक्षणको रिपोर्ट आएपछि मात्र उनीमा कोरोना संक्रमण भएको हो-होइन एकिन हुने पुष्टि हुनेछ।

प्रकाशित : आइतबार, जेठ १८, २०७७०६:४९

रहेनन् बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी