“राजपा नेपालमा बसेर भारतको पक्षमा काम गर्न गठन भएको पार्टी हो” – चित्रबहादुर केसी !

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राष्ट्रिय जनता पार्टी(राजपा) नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको पार्टी रहेको आरोप लगाएका छन्।

आइतबार नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा कुराकानी गर्दै केसीले राजपा नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्ने पार्टी भएको आरोप लगाएका हुन्।

समाजवादी पार्टीले समेत आफूलाई संशोधनको पक्षमा उभ्याएको अवस्थामा राजपाले पार्टीलाई विपक्षमा उभ्याउने निर्णय गरेको प्रति टिप्पणी गर्दै उनले राजपा नेपालको र तराईंका शोषित, पीडित जनताको पक्षका नरहेको आरोप लगाए। राजपा गठन हुनुको कारण देखि राजपाका नीति तथा कार्यक्रममा नेपाली जनता प्रष्ट रहेको पनि उनले तर्क गरे।

“राजपा किन गठन भएको हो । यसको जन्म नेपालमा किन भयो ? उसले नेपालको सन्दर्भमा केगरिराखेको छ । त्यो कुरा त संसारले जान्दछ । नेपाली जनताले पनि जान्दछन् ।”,अन्तर्वार्तामा उनले भनेका छन्,”नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको हो । यो नेपालको पक्षमा, तराईंका शोषित, पीडित जनताको पक्षका काम गर्न होइन ।”

सर्वदलीय बैठकमा महन्त ठाकुर, राजेन्द्र महत्व लगायतले राखेको धारणाबाट राजपाको नीति प्रष्ट भएको उनले दावी गरे। देशको राष्ट्रियता, अखण्डता र सार्वभौमतामाथि भारतयले हस्तक्षेप गर्दा भारतीय हेपाहा प्रवृत्ति विरुद्ध राजपा उभिन्छ भनेर सोच राखिएको भएपनि सर्वदलीय बैठक पश्चात त्यो आशा पतन भएको उनको भनाई छ।

प्रकाशित : आइतबार, जेठ १८, २०७७०९:१३

नेपालमा बढ्दै कोरोनाको रफ्तार, १६ दिनमा ८ जनाको मृत्यु ! मृत्यु हुनेमा को-को ? [सूचीसहित]