बलिउडमा सबै भन्दा धेरै चलचित्रमा काम गरेका ५ नायिका यी हुन्, भागदौडमै बिताए करियर !

एजेन्सी – चलचित्र क्षेत्रमा कोहि लामो समय टिक्छन् भने कोहि छोटो समयमा नै गुमनाम हुन पुग्छन्। दर्शकहरुले रुचाएका कलाकार मात्रै लामो समय सम्म टिक्न सक्छन्।

यस्तै लामो समय सम्म बलिउडमा टिकेर सबै भन्दा धेरै चलचित्रमा काम गरेका बलिउड नायिकाहरु निम्न छन्।

माधुरी दीक्षित

‘धक-धक गर्ल’ को नामले बलिउडमा परिचित माधुरी दीक्षित लामो समय देखि बलिउडमा सक्रिय छिन्। पछिल्ला केहि वर्ष बलिउडमा खासै देखा नपरेको भएता पनि केहि समय भने उनी फेरी चलचित्रहरुमा देखा पर्न थालेकी छन्। सन् १९८४मा चलचित्र ‘अबोध’ बाट करियर शुरु गरेकी माधुरीले हाल सम्म ७६ चलचित्रमा काम गरिसकिन्।

जूही चावला

९० को दशकमा जूही सर्वाधिक रुचाइएकी र सर्वत्र माग भएकी नायिका थिइन्। चुलबुले नायिकाको रुपमा चर्चित रहेकी जूहीले कयौं हिट चलचित्रमा काम गरेकी छन्। हाल सम्म जूहीले ८४ चलचित्रमा काम गरिसकिन्। पछिल्लो समय भने जूही अभिनय भन्दा पनि घर-गृहस्थमा व्यस्त छिन्।

हेमा मालिनी

ड्रीम गर्लको उपनामले बलिउडमा चर्चित रहेकी हेमा कुनै एक समयमा सर्वत्र माग भएकी नायिका थिइन्। अभिनय, सुन्दारताले भरिपूर्ण रहेकी हेमाले हाल सम्म १५४ चलचित्रमा काम गरिसकिन्।

रेखा

सदाबहार अभिनेत्री रेखाले आफ्नो बलिउड यात्रा ढिला शुरु गरेकी थिइन्। तर पनि उनलाई बलिउडमा धेरै रुचाइयो। ६४ वर्षको उमेरमा पनि सुन्दर देखिने रेखाले सन् १९७० मा चलचित्र ‘सावन भादो’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। हाल सम्म रेखाले ८४ चलचित्रमा का गरिसकिन्।

श्रीदेवी

दिवंगत बलिउड अभिनेत्री श्रीदेवीलाई पहिलो महिला सुपरस्टारको रुपमा चिनिन्छ। स्टारपावरको मामलामा नायकहरुलाई समेत टक्कर दिने श्रीदेवीले ४ वर्षको उमेरमा नै बलिउड यात्रा शुरु गरेकी थिइन्। श्रीदेवीले हिन्दि मात्र नभई तमिल, मलयालम, कन्नड़, तेलुगू चलचित्रहरुमा समेत काम गरेकी थिइन्। मृत्यु हुनुभन्दा अगाडी उनले २६७ चलचित्रमा काम गरिसकेकी थिइन्।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१४:२३

यी चलचित्रमा देखाइएको छ बेमेल जोडी : वृद्धको तन्नेरीसँग तन्नेरीको वृद्धासँग यस्तो सम्बन्ध !