भारतमा संक्रमितको संख्या लगातार उकालो लाग्दै, अहिले सम्मकै बढी संक्रमित भेटिए !

एजेन्सी – बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। मंगलबार एकै दिन भारतमा ८ हजार ८ सय २१ जना संक्रमित फेला परेका हुन्।

पछिल्ला केहि हप्ता देखि भारतमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा छ। पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा देखिएको बढोत्तरीले भारत कोरोनाबाट अतिप्रभावित सातौं मुलुक बन्न पुगेको छ। भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेर २ लाख ७ हजार १ सय ९१ पुगिसकेको छ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ७० हजार १३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ २३ हजार ४९५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा २० हजार ८३४ जना कोरोना संक्रमित रहेका छन् ।

यस्तै भारतमा मृतकको संख्या ५ हजार ८ सय २९ पुगेको छ। बितेको २४ घण्टामा २ सय २१ मृतक थपिएसँगै यो संख्या ५ हजार ८ सय नाघेको हो।

भारतका १ लाख भन्दा बढी संक्रमित निको भइसकेका छन्। अहिले सम्म त्यहाँ १ लाख २ सय ८५ संक्रमित निको भएर घर फर्किएको तथ्यांक छ। भारतका विभिन्न अस्पतालमा १ लाख १ हजार २ सय ८५ संक्रमितको उपचार चलिरहेको छ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७०३:११

स्वास्थ्य परीक्षण गराउन जाँदा अस्पतालबाट कोरोना सर्यो, स्वास्थ्य कर्मीमा पनि संक्रमण !