आज देखि ११ बजेसम्म उपत्यकाभित्रका सबै पसल खोलिने !

काठमाडौँ – बिहीबारदेखि काठमाडौं उपत्यकामा पसल सञ्चालनमा आउने भएका छन्‌। बिहिबार देखि हरेक बिहान ११ बजेसम्म उपत्यकाभित्रका पसल सञ्चालनमा ल्याउन लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताएका छन्।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आर्थिक गतिविधिहरू ठप्प भएपछि व्यवसाय पुन: सञ्चालनमा ल्याउनेतयारी गरिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ।

महासंघका अध्यक्ष नरेश कटुवालले बुधबार एक बिज्ञप्ति जारी गर्दै बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय गरिएको जानकारी दिए। लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको कटुवालको भनाई छ।

“हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं। व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छौँ ।”,विज्ञप्तिमा भनिएको छ,”पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ ।”

सरकारले कर तिन ताकेता गरेपछि असन्तुष्ट बनेका व्यवसायीले बिहीबारदेखि लकडाउन उल्लंघन नै गरेर भए पनि व्यवसाय सञ्चालनमा ल्याउन तयारी गरेका हुन्‌।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७०२:०५

२४ घण्टामा सबै भन्दा धेरै संक्रमित फेला पर्ने तेस्रो मुलुक बन्यो भारत, संक्रमित लगातार बढ्दै !