मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यसदिनसांसारिक विषयबाट टाढा रहेर आध्यात्मिक कुरामा व्यस्त रहनुहुनेछ । आध्यात्मिक सिद्धि प्राप्त हुने योग छ । यसदिन नया कार्यको थालनी नगर्नुहोस। आफ्नो बोलिलाई संयम राख्नुहोस। आकस्मिक धनलाभ हुनसक्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिवारका सदस्यहरूको साथ सामाजिक कार्यको मज्जा लिनुहुनेछ। व्यापारमा वृद्धि हुने सम्भावना रहेको छ। व्यापार वृद्धिको सम्बन्धमा कुराकानी हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । आकस्मिक धनलाभको पनि सम्भावना रहेको छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक शिथिलता र मानसिक व्यग्रतामा दिन बित्नेछ। परिवारको विषयमा चिन्ता बढ्नेछ। आकस्मिक धनखर्चको योग रहेको छ। यसदिन विवादास्पद प्रसंगलाई बेवास्ता गर्नुहोस्। साथै बौद्धिक चर्चाबाट पनि टाढा रहनुहोस।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको यसदिन शुभ रहनेछ। परिवारका सदस्यसंग आनन्दपूर्ण समय बित्नेछ। आर्थिक लाभको सम्भावना रहेको छ। आवश्यक सामानको पछि खर्च हुनेछ। शारीरिक र मानसिकरुपबाट स्वस्थता अनुभव हुनेछ । कार्यालयमा सहकर्मीबाट सहयोग मिल्नेछ। अपूर्ण कार्य पूर्ण हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यसदिन कुनै पनि कार्य गर्दा सावधानी अपनाउनुहोस्। मातासंग विवाद हुने सम्भावना छ। वैचारिक रुपबाट तपाईको मनमा नकारात्मकता छाउनसक्छ । स्थायी सम्पत्तिको कागजातहरूमा सावधानीपूर्वक हस्ताक्षर गर्नुहोस्। स्वास्थ्यको विषयमा विशेष ध्यान राख्नुहोस।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
यसदिन शारीरिक प्रफुल्लतता र मानसिक प्रसन्नताको अनुभव हुनेछ। कार्यमा पनि सफलता प्राप्त हुनेछ । परिवार र आफन्तसँगको सम्बन्धमा मिठास रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मनमा दुविधा रहदा कुनैपनि निर्णय गर्न असहज हुनेछ। आवश्यक कार्यको प्रारम्भको लागि पनि यसदिन उचित छैन। आर्थिक रुपमा लाभ हुनेछ । परिवारका सदस्यसंग विवाद हुनसक्नेछ। स्वास्थ्यको पनि ध्यान दिनुहोस।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
यसदिन शारीरिक र मानसिकरुपबाट तपाईलाई प्रसन्नताको अनुभव हुनेछ। परिवारमा सुख-शान्तिको वातावरण रहनेछ। साथी तथा आफन्तसंगको भेटघाटले आनन्द हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
तपाई आफ्नो बोलीलाई संयम राख्नुहोस, नत्र समस्या उत्पन्न हुनसक्नेछ। मानसिक रुपमा चिन्ताले सताउनेछ। परिवारसंग मनमुटाव हुनेछ। स्वास्थ्य पनि बिग्रिन सक्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यसदिन लाभदायी रहनेछ। आफन्त र साथीहरुसंग एक रमाइलो भेट हुनेछ। व्यापारको दृष्टिबाट पनि लाभदायी दिन रहेको छ। नया वस्तु किन्दा धन खर्च हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यसदिन तपाइको शारीरिक र मानसिक स्थिति राम्रो रहनेछ। व्यवसायिक क्षेत्रमा तपाईको कार्यको प्रशंसा हुनेछ, जुन तपाइको लागि आनन्ददायी रहनेछ। कार्यालयमा कर्मचारीहरुले सहयोग गर्नेछन्। सामाजिक रुपबाट मान-सम्मान प्राप्त हुनेछ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
यसदिन ठुला मानिसहरुसंको सम्बन्धमा दरार पैदा हुनसक्नेछ। त्यसैले यस कुरामा ध्यान दिनुहोस। शारीरिक शिथिलता र मानसिक बनिरहनेछ। सम्भवतः प्रतिस्पर्धीहरूसँग बहस गर्नबाट बच्नुहोस्। व्यापारी वर्गको व्यापारमा अवरोध आउने सम्भावना छ।