बलिउडका यी चर्चित कलाकारहरु जसले आफ्नै भाउजु, साली र देवरसँग रोमान्स गरे…

एजेन्सी, बलिउडमा केहि यस्ता नायक र नायिकाहरु छन् जसले पर्दामा भाउजु, साली र भाईसँग समेत काम गरेका छन् । तर जब उनीहरुले फिल्ममा रोमान्स गरे त्यो समयमा उनीहरुको कुनै सम्बन्ध थिएन।

१. सैफ अलि खान र करिश्मा कपूर  : १९९९ मा सैफ अलि खान र करिश्मा कपूरको जोडी फिल्म हम साथ-साथ है मा देखिएको थियो । स्क्रिनमा दुई जनाले रोमान्स गरेको देखिएको थियो । बताएअनुसार करिश्मा नाताले सैफको साली पर्छ । सैफको श्रीमती करिना कपूरको बहिनि हो । यो फिल्म रिलिज भएको १३ वर्षपछि सैफ र करिनाको बिहे २०१२ मा भएको थियो।

२. अनिल कपूर र  श्रीदेवी : श्रीदेवी नातामा अनिल कपूरको भाउजु पर्दछ । श्रीदेवी अनिलको दाई बोनी कपुरको श्रीमती हो । अनिल कपूरले आफ्नो भाउजु अर्थात् श्रीदेवीसंग सिल्वर स्क्रीनमा रोमान्स गरेका थिए । अनिल र श्रीदेवीले मि. इंडिया १९८७, लम्हे १९९१, रूप की रानी चोरों का राजा १९९३, लाडला १९९४, जुदाई १९९७ लगाएत धेरै फिल्ममा संगै काम गरेका छन्। यी मध्ये श्रीदेवी र अनिल कपूरको फिल्म जुदाई बोनिको बिहे १९९६ पछि आएको थियो। बाकी सबै फिल्म बिहेभन्दा पहिलेको थियो।

३. अजय देवगन र रानी मुखर्जी : रानी मुखर्जी नातामा अजय देवगनको साली पर्छ। यी दुवै जनाले सिल्वर स्क्रिनमा रोमान्स गरेका छन् । रानी मुखर्जी र अजय देवगनले चोरी-चोरी २००३ र एलओसी कारगिल २००३ मा संगै काम गरेका थिए। बताएअनुसार रानी अजयको श्रीमती काजोलकी भान्जी भान्जी हो। अजय र काजोलले १९९९ मा बिहे गरेका थिए ।

४. अशोक कुमार र मधुबाला : अशोक कुमार नातामा मधुबालाको देवर पर्छ। तर पनि उनिहरुले सिल्वरको स्क्रिनमा रोमान्स गरेका थिए । उनीहरुले महल  १९४९, निशान  १९५०, एक साल १९५७ हावड़ा ब्रिज १९५८ सहित अन्य फिल्महरुमा कम गरेका छन्। यो सबै फिल्म मधुबालाले किशोर कुमारसंग बिहे गर्नुभन्दा पहिले गरेका थिए।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७१३:०१

विवाह भन्दा महँगो सम्बन्ध बिच्छे: यी बलिउड कलाकारले सम्बन्ध बिच्छेद गर्न तिरे करोडौं रकम !