अमेरिकामा जस्तै घटना भारतमा, प्रहरीले एक व्यक्तिलाई घाँटी थि’च्दा हंगामा!

एजेन्सी, केहिदिन अगाडी अमेरिकामा जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर घाँटी थि-चेर मा-रेपछि यसको चौतर्फी विरोध भैरहेको छ । यो घटना सेलाउन नपाउदै भारतमा पनि त्यस्तै घटना घटेको छ।

इन्डियन एक्सप्रेसमा छापिएको समाचार अनुसार जोधपुरमा प्रहरी अधिकारीले मुकेश कुमार प्रजापत नामका व्यक्तिको गर्धनमा घुँडाले थि-चेका थिए । प्रजापतलाई गर्धनमा घुँडाले थिचेको भिडियो सामाजिक संजालमा र्वजनिक भएपछि यसको चर्को आलोचना भएको छ । तर यस घटनामा प्रहरीले आफ्नो आत्मरक्षाका लागि यस्तो कदम उठाएको बताएको छ ।

खबरअनुसार ति युवक मास्क नलगाई घर बाहिर निस्किएका थिए । जब प्रहरीले उनलाई मास्क सोधे तब उनले प्रहरीलाई नै ध’म्कि दिन थाले। त्यति मात्रै नभई उनले प्रहरीलाई मुक्का हा’न्न सुरु गरे । तसर्थ प्रहरीले यस्तो कदम उठाएको बताइएको छ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७०७:१५

“प्रत्येक प्रदेशमा रासायनिक मल उत्पादन कारखाना खोल्नुपर्छ”