“प्रत्येक प्रदेशमा रासायनिक मल उत्पादन कारखाना खोल्नुपर्छ”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको रुपमा रहेकी गंगा चौधरी सत्गौवाले नेपाली कृषकलाई आवश्यक पर्ने मलको नेपालमै उत्पादन गर्न माग गरेकी छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बोल्दै उनले केन्द्रीयस्तरमा डिएपी, युरिया जस्ता रासायनीक मलको उत्पादन गर्न र विउको उचित प्रवन्ध गर्न माग गरिन्।

वैदेशिक रोजगारीबाट १५-२० लाख युवा नेपाल फर्किने लागेको अवस्थामा कृषिलाई रोजगारीको रुपमा विस्तार गर्नुपर्ने र त्यसको लागि सम्पूर्ण तयारी गरिनुपर्ने विचार उनले राखिन्। प्रत्येक प्रदेशमा एउटा मल कारखाना स्थापना गर्न उनको माग छ।

“केन्द्रीय स्तरमा यूरिया डिएपी उत्पादन गर्नुपर्ने अवस्था छ । प्रत्येक प्रदेशमा एउटा मल कारखाना स्थापना गर्न आवश्यक छ । देशमा १५-२० लाख यूवा स्वदेश फर्कदैछन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने अवस्था छ । नेपाली कृषि उपजको बजारीकरणको समस्या रहेको छ ।”,उनले भनिन्।

कृषिमा कनिका छरेजस्तो बजेट छरेर कुनै पनि उपलब्धी हासिल नहुने उनको बुझाई छ। बजेट छर्ने भन्दा पनि विकास योजना एकीकृत ढंगले सञ्चालन योजना गर्न उनले सरकार समक्ष माग गरिन्।

यस्तै उनले बजेटमा थारु समुदाय सिकलसेल एनिमिया रोगबाट ग्रसित रहेको अवस्थामा बजेटले थारु समुदायलाई समेट्न नसकेको प्रति उनले सुख व्यक्त गरिन्।

प्रकाशित : शनिबार, जेठ २४, २०७७१०:२१

थामिएन बाबुरामको आँसु: भने – “अर्को यौटा क्रान्ति गरौं”