बारामा सेनाको ब्यारेक राखेको सरिता गिरीलाई ठीक लागेन, एयर बेस बनाउन लागेको भन्दै आपत्ति !

काठमाडौँ – राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले बारामा नेपाली सेनाको ठूलो ब्यारेक बनाइएको प्रति आपत्ति जनाएकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिँदै उनले बाराको पथलैयामा नेपाली सेनाको ब्यारेक राखिएको प्रति आपत्ति जनाइन्। निजगढ बिमानस्थल बनाउने भन्दै बाराको निजगढ क्षेत्रलाई सरकारले नेपाली सेनाको एयर बेस बनाउन लागेको समेत उनको आरोप छ।

सरकारले सेनालाई फास्ट ट्रयाकको जिम्मा दिनु, निजगढ बिमानस्थल बनाउने कुरा गर्नु र बारामा सेनाको ठूलो ब्यारेक बनाइनुले सरकारको योजना प्रष्ट भएको उनले जिकिर गरिन्। निजगढमा सरकारले दुई तीन बर्षदेखि सेनाको एयर बेस बनाउन थालेको उनको जिकिर छ।

यस्तै उनले सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै प्रश्न समेत गरीन्। सेनालाई बंकरबाट निकालेर दक्षिण सिमाना लैजाने कि उत्तरी सिमानामा लैजाने भन्ने उनको प्रश्न छ। चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेना नबनाइएको प्रति उनले आपत्ति जनाइन्। निजगढ बिमानस्थल बनाउन लागेको भनेर प्रचार गरिएपनि त्यसमा सत्यता नभएको उनको जिकिर छ।

“निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढको वास्तविकता अर्कै छ। निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भैरहेको छ।”,उनले भनिन्,”सेनालाई बंकरबाट निकालेर कहाँ लैजान ? उनीहरुलाई दक्षिण सिमाना लैजाने कि उत्तरी सिमानामा लैजाने?चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ?”

प्रकाशित : आइतबार, जेठ २५, २०७७१०:३३

थप २ सय १३ जनामा कोरोनाको पुष्टि !