बाबुराम वरिष्ठ नेतामा सिमित, महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष !

काठमाडौँ – जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो। आइतबार दर्ता भएको जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ।

नवगठित पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष रहनेछन्। पहिला पार्टीमा तीन अध्यक्ष रहने भनिएता पनि पार्टी दर्ता गर्दा सम्म पार्टीमा दुई जना मात्र अध्यक्ष रहने सहमति भएको हो।

बाबुरामलाई अध्यक्षमा नभई वरिष्ठ नेताको रुपमा व्यवस्थापन गरिएको छ। पार्टीमा तीन वरिष्ठ नेता रहनेछन्। तीन वरिष्ठ नेता मध्ये भट्टराईको बरियता अगाडी हुने बताइएको छ। भट्टराईको अलावा राजेन्द्र महतो र अशोक राई पनि वरिष्ठ नेताको रुपमा रहनेछन्।

सरकारले राजनीतिक दल फुटाउने प्रावधानमा संशोधन गर्दै अध्यादेश ल्याएपछि वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोपछि दर्ता भएको थिएन।

नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएको ४५ दिन पुगेकै दिन आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१३:५९

हिमानी ट्रष्टद्वारा स्वास्थ्य सामग्री सहयोग