बर्दियामा स्वाथ्यकर्मी र कर्मचारीमा संक्रमणः गाउँ र कार्यालय बन्द

गुलरिया – बर्दियाको बढैयाताल गाउँपालिका ७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्णरुपले बन्द गरिएको छ । संक्रमित बाँसगढी नगरपालिका –७ डेउढाकलामा रहेको स्वास्थ्यचौकीका ल्याब असिस्टेण्ट हुन् ।

संक्रमितको परिवारका सदस्यको पिसिआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।

बढैयाताल– ६ मैनापोखरका ३६ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएपछि मैनापोखर गाउँ क्षेत्र तीनसम्मका लागि पूर्णरुपले बन्द गरिएको छ । संक्रमित पुरुष गाउँपालिकाका कर्मचारीमा भएकाले कार्यालय पनि बन्द गरिएको छ । दुवै संक्रमित समुदायमा सम्पर्क भएको पाइएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन गाउँ पूर्णरुपले बन्द गरिएको अध्यक्ष श्रेष्ठले बताए।

दुवै ठाउँका संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक टे«सिङ भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए। संक्रमित स्वास्थ्यकर्मी कार्यरत डेउढकलास्थित स्वास्थ्यचौकीलाई नै क्वारेन्टिन बनाएर उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको बाँसगढीका उपप्रमुख सुष्मा चौधरीले बताए।

यस्तै प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्णरुपले बन्द गरिएको छ । जिप्रकालाई बन्द गरी १९ जनाको शनिबार नै पिसिआरका लागि स्वाब संकलन गरिएको छ । जिप्रकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीले चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको जानकारी दिए।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१५:१०

सार्वजनिक यातायात खुलाउने तयारी: यात्रुले स्यानिटाइजर बोक्नुपर्ने, मास्क लगाउनै पर्ने !