यी तीन राशिका युवतीहरु आकर्षक-सुन्दर मात्र होइन समझदार पनि हुन्छन् !

हरेक मानिसको जीवनमा प्रेम जीवनले छुट्टै महत्व पाउने गर्छन्। युवा-युवतीहरुको प्रेमको विषयमा धेरैनै फरक-फरक धारणा हुने गर्छ। साथै प्रेमको विषयमा हरेकको सपना समेत फरक रहने गर्छ। ज्योतिष शास्त्रमा हरेकको व्यवहार साथै भविष्यको बारेमा थाहा पाउने जानकारी राखिएको हुन्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित राशिका युवतीहरु धेरै आकर्षित हुने गर्छन्। यी राशिहरुमा हरेक युवाहरुको होस् उडाउने क्षमता रहने गर्छ।

मेष राशि

यस राशिका युवतीहरु आफ्नो विशेष शैलीको कारण चिनिने गर्छन्। यस राशिका युवतीहरु सरल स्वभावक रहने गर्छन् भने आफ्नो सौन्दर्य सदावहार राख्नको लागि कोसिस गर्ने गर्छन्। यस राशि भएका युवतीहरु सौम्य स्वभाव साथै बोलि-चालीमा समेत विशेष ध्यान दिने भएका कारण युवाहरु मेष राशिका युवतीहरु सँगै धेरै आकर्षित रहने गर्छन्। साथै यस राशि भएका युवतीहरु सम्बन्धमा पनि समझदार रहने गर्छन्।

तुला राशि


यस राशि भएका युवतीहरु विशेषतः व्यवहारमा कुशलताले भरिपुर्ण रहेका हुन्छन्। साथै आफ्नो सौन्दर्यता पनि कायम राख्नको लागि धेरै खप्पिस हुने भएका कारण युवाहरु यस राशि भएका युवतीहरुसँग धेरैनै आकर्षित हुने गर्छन्। यति मात्र नभई यस राशिका युवतीहरु कसैको पनि दुख देख्न नसक्ने हुँदा पनि धेरै युवाहरुको रोजाइमा पर्ने गर्छन्।

कुम्भ राशि

यस राशिका युवतीहरु सामाजिक रुपमाबाट धेरैनै सक्रिय रहने गर्छन् । जसका कारण यी राशि भएका युवती प्रति धेरै युवाहरु आकर्षित रहने गर्छन्। नेतृत्व गर्ने समेत क्षमता भएका यस राशिका युवतीहरु प्राय आफ्नो वरी-परि आफ्नो प्रभाव जमाई राख्ने गर्छन्। मिजासिला हुनुका साथै सबैलाई आदर गर्ने बानि भएका कारण सबै युवाहरुको रोजाइमा पर्ने गर्छन्।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१५:४२

यस्ता ब्यक्तिसँग संगत नगरेकै राम्रो !