चीनले कोरोना विरुद्धको खोप पूरै विश्व समुदायलाई उपलब्ध गराउने !

एजेन्सी – चीनले कोरोना भाइरस विरुद्धको खोप विश्व समुदायलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ। चीनका उच्च अधिकारीले कोरोना विरुद्धको खोप तयार भएपछि सार्वजनिक साधनका रुपमा विश्व समुदायलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको हुन्।

आइतबार बेइजिङ्गमा भएको पत्रकार सम्मेलनमा चीनका विज्ञान तथा प्रविधि मन्त्री वाङ्ग जिगाङ्गले चीनले बनाइरहेको खोप तयार भएपछि पूरै विश्वलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

साथै उनले कोरोना भाइरस विरूद्धको खोप निर्माणमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको पनि बताए। सम्पूर्ण अन्तर्राष्ट्रिय कोरोना विरुद्ध एक हुन पर्ने उनको भनाई छ।

इनएक्टिभेटेड भ्याक्सिन, रिकम्बिनेटेड प्रोटिन भ्याक्सिन, लाइभ एटेनयूटेड इन्फ्लुएन्जा भ्याक्सिन, एडेनोभाइरस भ्याक्सिन र न्यूक्लिक एसिड–बेस्ड भ्याक्सिन गरी पाँच प्रकारका खोपहरु चीनमा निर्माण भइरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। चीन सरकारका अनुसार यी पाँच खोपलाई मानवीय परीक्षणको स्वीकृति पनि पाइसकेका छन्।

कोरोना विरुद्ध खोप बनाउने कार्यमा अन्तर्राष्ट्रिय तहमा राम्रो सहकार्य भइरहेको उल्लेख गर्दै मन्त्री जिगाङ्गले सहकार्यलाई निरन्तरता दिइनु पर्ने बताए। खोप बनाउने प्रक्रिया अति गम्भीर र चुनौतिपूर्ण रहने तर्फ पनि संवेदनशील रहनु पर्ने उनको भनाई छ।

विश्वका कयौं देशमा अहिले कोरोना भाइरस संक्रमण विरुद्धको खोप तयार भैरहेको छ। कोरोना विरुद्ध अमेरिका, बेलायत र चीन खोप तयार पार्ने कार्यमा अगाडी आएका छन्। यस मध्ये चीन र बेलायतमा निर्माण भएका खोपले राम्रो संकेत दिएका छन्।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०६:३५

चोक्टा खान गएका बाबुराम भन्दै खिल्ली उडाएको कमल थापालाई चित्त बुझेन, यसो भने !