यी हुन् बेवास्ता गर्नै नहुने ३ लक्षणहरु ! किनकी यसले एकदमै नराम्रो सङ्केत गर्छ

एजेन्सी – हामीले आफ्नो शरीरमा हुने परिवर्तनलाई महशुश गर्दछौं , भने यसले हाम्रो शरीरमा केही भईरहेको छ भन्ने कुराको सङ्केत गर्दछ । शरीरमा हुने परिवर्तनले शरीरको अवस्थाबारे जानकारी दिन्छ । हाम्रो शरीरमा देखिने निम्न लक्षणहरुले भिटामिनको कमीलाई जनाउँछ ।

भिटामिनको कमीलाई देखाउने लक्षणहरु :

मुखको कुनामा चर्किएको देखिनु :
यदि तपाइँले आफ्नो मुखको कुनामा रातो चिरिएको भाग वा चर्किएको भागलाई देख्नुहुन्छ , भने यसले निम्न कुरालाई सङ्केत गर्दछ । :
१) भिटामिन बी को कमी
२) भिटामिन बी ३ , बी २ ,बी १२ र जिंक तत्वको कमी
३) पेटको समस्या
४) रक्तअल्पता ( आइरनको कमीको कारणले हुने )
५) मधुमेह
६) कमजोर प्रतिरक्षा प्रणाली
७) पछाडिको दाँत गुमाउनु
८)मुखको सरसफाईमा कमी

मथिका समस्याहरुको प्राकृतिक रुपमा उपचार गर्न सकिन्छ । यसको लागि टोफु , पनीर, बन्दाकोपी , ब्रोकौली , खुर्पानी , कुरिलो , बदाम आदिको प्रयोग गर्नुहोस् ।

अनुहारमा रातो दाग देखिनु / कपाल झर्नु : तपाइँले यस्तो समस्याको अनुभव गरिरहनुभएको छ भने , यसले भिटामिन बी को कमीलाई सङ्केत गर्दछ । अनुहारमा रातो दागहरु देखिनुको धेरै कारणहरु हुन सक्छन् । जस्तै : चिसो , सोरियासिस , ल्युपस , अनुहारको छालामा जलन हुने आदि । त्यसैगरि धेरै कपाल झर्ने समस्या थाइरोइड ग्रन्थीको समस्या , गर्भनिरोधि गोली , मधुमेह ,वंशाणुगत गुण आदिको कारणले हुन सक्दछ ।

बाख्राको दुध , बदाम , गोलभेडा , गाजर , दहि , हाडे बदाम , च्याउ, दुध , केरा , प्याज आदिको प्रयोग गरि कपाल झर्ने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

रातो वा सेतो खटिराहरु देखिनु : यदि तपाइँको गाला, नितम्ब र पाखुरामा रातो वा सेतो खटिरा जस्तो देखिन्छ भने ,यसले हर्मोनको असंतुलन, भिटामिन ए र डि को कमी र शरीरमा आवश्यक बोसोको कमीलाई जनाउँदछ ।
यस समस्याको समाधानको लागि बोसो , हरियो सागसब्जी , मरिच , गाजर र दुधबाट उत्पादित खाद्यपदार्थको प्रयोग गर्नुहोस् ।

हात , खुट्टा र शरीरको अन्य भाग नचल्नु / जलनको अनुभुती : हातखुट्टा नचल्ने समस्याले प्रायजसो भिटामिन बी ९ , बी ६ , र बी १२ को कमीलाई जनाउँछ । धेरैजसो थकाई , रक्तअल्पता , निराशाको कारणले गर्दा यस्तो समस्या हुने गर्दछ ।
यस समस्याको समाधानको लागि चुकन्दर , बोडि , दुधबाट उत्पादित खाद्यपदार्थ , कुरिलो , पालुङ्गोको प्रयोग गर्नुहोस्।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१२:०८

यी ३ चिजसँग मह नखाएकै राम्रो !