काठमाडौँ उपत्यकामा भूकम्पको धक्का !

काठमाडौँ – सोमबार बेलुका काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार बेलुका ९ बजेर ३६ मिनेट जाँदा काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरुमा भूकम्पको महशुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। उक्त भूकम्प ३ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१६:०७

भैँसीफार्ममा काम गर्ने ५ जनाको विभत्स हत्या !