काठमाडौं । सामाजिक सेवामा संलग्न पूर्व युवाराज्ञी हिमानी शाह युवा पुस्ताका नेपालीमाझ लोकप्रिय छिन् । विशेष कार्यक्रममा कमै मात्र देखिने उनी सामाजिक संजालमा पनि कम सक्रिय छिन्।

तर, उनका छोरीहरु भने सामाजिक संजालमा सक्रिय छन्। पछिल्लो समय हिमानीका दुई छोरीहरु टिकटकमा सक्रिय छन्। दुवैको टिकटक अहिले भाइरल छन्।

छोरीहरुको टिकटकमा अहिले हिमानी पनि देखिन थालेकी छन्। हालसालै भाइरस भएका भिडियोहरुमा हिमानी शाह र उनकी छोरीहरु पूर्णिका शाह र कृतिका शाह टिकटकमा निकै रमाएको देखिएको छ। छाेरीहरुसंग थाइल्याण्ड पुगेकी हिमानी लकडाउनकाे कारण अहिले उतै छिन्।
![]()
जेठी छोरी पूर्णिकाको अकाउन्टमा उनी सविन राईको गीत ‘गुराँसको फेद मुनी’ बोलको गीतमा उनी छोरीहरुसँग नाच्दै देखिएकी छन्। साथै ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा हिमानीलाई छोरीसंगै नाच्दै गरेको पनि देखिएको छ।
सामाजिक संजालमा हिमानीको टिकटक अहिले भाइरल नै भएको छ।
@kriii_shah Thank you so much 1k!! Say hi to Mamu!!!

