मंगलको नक्षत्रमा सूर्यको प्रवेश: राशि अनुसार कसलाई कस्तो फल मिल्ला ? हेर्नुहोस् !

ज्योतिषशास्त्रमा सूर्यले विशेष महत्व राख्छ। ज्योतिषीहरुका अनुसार कुण्डलीमा सूर्य बलियो अवस्थामा भएको अवस्थामा अनेक प्रकारक लाभहरु मिल्छन्। राशि तथा नक्षत्र परिवर्तन अनुसार हरेक राशिलाई सूर्यले फरक-फरक फल दिलाउने ज्योतिषीहरु बताउँछन्।

केहि दिन अगाडी मात्रै सूर्यले नक्षत्र परिवर्तन गरेको छ। सोमबार रोहिणी नक्षत्रबाट सरेर सूर्य मृगशिरा नक्षत्रमा प्रवेश गरेको हो। सूर्य मृगशिरा नक्षत्रमा असार ७ गते सम्म रहनेछ।

मृगशिरा नक्षत्र मंगल ग्रहको नक्षत्र हो। यस्तो अवस्थामा लडाई-झगडा बढ्ने बताइन्छ। यस्तो अवस्थामा राशि अनुसार हरेक राशिलाई कस्तो लाभ मिल्ला ? हेर्नुहोस् !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सूर्यको नक्षत्र परिवर्तन मेष राशि हुनेहरुको लागि शुभ रहनेछ। मृगशिरा नक्षत्रमा सूर्य रहेसम्म मेष राशि हुनेहरुलाई आर्थिक लाभ मिल्नेछ। गरिएको परिश्रमबाट उचित फल मिल्दा उर्जा बढ्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सूर्यको नक्षत्र परिवर्तनले वृष हुनेहरुलाई आर्थिक रुपमा लाभ दिलाउनेछ। अड्किएका कार्यहरु सुचारु हुनेछन् भने नयाँ कार्य शुरु गर्न पनि समय शुभ रहनेछन्। परिवारको उचित सहयोग पनि प्रयोग होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सूर्यको नक्षत्र परिवर्तनले मिथुन राशि हुनेहरुको जीवनमा दुख बढ्नेछ। बन्न लागेका कार्य रोकिनेछन्। आफ्नै भनिएकाहरुबाट धोका हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढेकै राम्रो होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सूर्य मृगशिरा नक्षत्र रहेसम्म कर्कट राशि हुनेहरुसँग समय खराब रहनेछ। गरिएका परिश्रम व्यर्थ सावित हुनेछन्। आक्रामकता बढ्दा परिवारमा वाद विवाद हुनेछ। सामाजिक प्रतिष्ठामा पनि आँच आउन सक्ने हुँदा व्यवहारमा नियन्त्रणमा राख्नु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सूर्यको नक्षत्र परिवर्तन सिंह राशि हुनेहरुको लागि मिश्रित फलदायी रहने देखिन्छ। आर्थिक रुपमा समय राम्रै रहेपनि स्वास्थ्यले भने साथ नदिने देखिन्छ। बोलि तथ्य व्यवहारमा नियन्त्रण आवश्यक रहला। प्रेम जीवन भने सफल रहने देखिन्छ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

सूर्यको नक्षत्र परिवर्तनका कारण आर्थिक लाभ मिल्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सूर्यको मृगशीरा नक्षत्रमा परिवर्तनले जीवनमा बाधा उत्पन्न हुनेछ। सम्पन्न हुन लागेका कार्य पनि रोकिनेछन्। बोलिमा नियन्त्रण नहुँदा सम्बन्धहरु बिग्रिन सक्लान्। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

सूर्यको मृगशीरा नक्षत्रमा परिवर्तनले आक्रामकता बढ्नेछ। साना-साना कुरामा पनि रिस उठ्नेछ भने परिवारमा कलह बढ्नेछ। सकेसम्म यात्रा नगर्नुहोला। कुनै पनि निर्णय लिँदा धैर्यताको आवश्यकता रहला। लगानी गर्न पनि समय उचित नहुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

सूर्य मृगशिरा नक्षत्रमा रहेसम्म धनु राशि हुनेहरुलाई अनेक लाभ मिल्नेछन्। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। यात्रा चिताएका सम्पूर्ण कार्य सफल हुनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सूर्यका कारण मकर राशिहरुको जीवनमा दुख बढ्नेछ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ। कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्ला। हतार गर्ने बानिले अफ्ठेरो पार्नेछ। सके सम्म यात्रा नगरेकै राम्रो होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। स्वास्थ्यमा गम्भीर समस्या देखिनेछन्। शत्रु समेत सक्रिय रहने हुँदा सतर्क रहनु होला। व्यवसायमा नसोचेको नोक्शान हुँदा मानसिक तनाव बढ्नेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

सूर्य मृगशिरा नक्षत्रमा रहेसम्म भाग्यको साथ मिल्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। रोकिएका कार्यहरु सुचारी हुनेछन्। प्रेम जीवनमा पनि सफल रहनेछन्।

प्रकाशित : बिहिबार, जेठ २९, २०७७१६:०४

ग्रहचक्रमा सूर्य, मंगल र वृहस्पतिको उथलपुथल: कुन राशिलाई शुभ, कुनलाई अशुभ ?