खगोलीय तथा ज्योतिषीय हिसाबले जून महिना धेरै नै विशेष रहनेछ। यस महिना विभिन्न खगोलीय तथा ज्योतिषीय परिवर्तन हुँदैछन्। जून महिनाको पाँच तारिखमा छायाँ चन्द्र ग्रहण लागेको थियो भने यहि महिना सूर्य ग्रहण पनि लाग्दैछ।
जून महिनाभर ग्रहचक्रमा विभिन्न परिवर्तनहरु हुँदैछ। जून महिनामा सूर्यको अलावा मंगल र वृहस्पतिको पनि राशि हुँदैछ। साथै यस महिना बुध र शुक्रले पनि आफ्नो चाल परिवर्तन गर्नेछन्। ग्रहचक्रमा हुने यी परिवर्तनले राशिचक्रमा फरक-फरक असर पार्नेछ। जून महिनाभर ग्रहचक्रमा हुने परिवर्तनहरु निम्न छन्।
ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?
सूर्य
सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन जून महिनाको १५ तारिखमा परेको छ। त्यस दिनबाट वृष राशिबाट मिथुन राशिमा सूर्यको प्रवेश हुनेछ।
चन्द्र
चन्द्र लगभग सवा दुई दिनमा राशि बदल्ने गर्छ। सबै ग्रहहरु भन्दा छिटो राशि परिवर्तन गर्ने हुँदा चन्द्रले राशिचक्रमा पार्ने प्रभाव पनि सवा दुई दिनमा परिवर्तन हुने गर्छ।
मंगल
मंगल ऊर्जाको प्रतिक हो। मंगल जातकका व्यक्तिहरु धेरै नै जाँगरिला हुन्छन्। मंगल जून १८मा मीन राशि प्रवेश गर्नेछ। जून २२ बेलुका ८ बजेर ५६ मिनेटमा मकरको मीन राशिमा प्रवेश हुनेछ।
बुध
कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। जून महिनामा बुधको कुनै पनि राशि परिवर्तन छैन । यधपी जून महिनाको १८ तारिखमा बुधले वक्री चाल भने शुरु गर्नेछ। त्यस दिन पश्चात बुधको उल्टो चाल शुरु हुनेछ।
शुक्र
जीवनमा सुख र समृद्धि शुक्रको शुभ प्रभावबाट मिल्ने गर्छ। जून महिनामा शुक्रको कुनै पनि राशि परिवर्तन छैन । यधपी जून २५ बाट भने शुक्रको सुल्टो चाल शुरु हुनेछ ।
शनि
जूनमा शनिको कुनै पनि राशि परीवर्तन छैन । लगभग साढे दुई वर्षपछि जनवरीमा शनिले राशि परिवर्तन गरेक थियो। हाल शनि मकर राशिमा छ।
बृहस्पति
जून महिनामा बृहस्पतिले राशि परिवर्तन गर्दैछ। जून ३० का दिन बिहान ३ बजेर २२ मिनेट जाँदा बृहस्पति मकर छाडेर धनु राशिमा फिर्ता हुनेछ ।
यी ग्रहचक्रमा हुने प्रतक्ष्य परिवर्तनको कारण राशिहरुलाई पर्ने समग्र असरको आधारमा महिना सबै भन्दा निम्न पाँच राशि हुनेहरुलाई फाइदाजनक सावित हुन सक्छ।
जून महिना यी राशिलाई शुभ !
महिना भर हुने राशि परिवर्तन तथा खगोलीय परिवर्तनहरुका कारण मेष, वृष, मिथुन, सिंह, कन्या, तुला, मकर र कुम्भ राशि हुनेहरुलाई लाभ मिल्नेछ। यी राशि हुनेहरुको जीवनमा सकात्मक परिवर्तन हुनेछन्। आर्थिक रुपमा पनि समय राम्रै रहनेछ।
महिना यी राशिलाई अशुभ
महिना कर्कट, वृश्चिक, धनु र मीन राशिलाई खासै शुभ नरहने देखिन्छ।