काठमाडौँ:- सूर्यलाई सबै ग्रहको राजा मानिन्छ। जब सूर्य एक राशिबाट कुनै अर्को राशिमा जान्छ तब व्यक्तिको जीवनमा गहिरो प्रभाव पर्छ। सूर्यले हरेक महिना आफ्नो राशि परिवर्तन गर्छ।
सूर्यले राशि परिवर्तन गरेकै आधारमा वैशाख देखि चैत्र सम्मको महिना निर्धारण हुन्छ। नेपालमा प्रचलिक विक्रम सम्वत सूर्यकै राशि परिवर्तनमा आधारित छ। सूर्यले राशि परिवर्तन गरेसँगै नयाँ महिना शुरु हुने गर्दछ।
सूर्यले आइतबार सकिएर सोमबार लागेपछि मध्यराति १२ बजेर २५ मिनेटमा राशि परिवर्तन गर्दैछ। मिथुन राशिमा यस अगाडी देखि बुध र राहु ग्रह पनि छन्।
बुध र सूर्यको भेट हुँदा बुधमा बुधादित्य योग नाम गरेको विशेष राजयोग बन्नेछ। यस विशेष राजयोगले हरेक राशिलाई फरक-फरक लाभ दिलाउनेछ। राशि अनुसार कस्तो रहला प्रभाव ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सूर्यको राशि परिवर्तन मेष राशि हुनेहरुको लागि सुखद रहनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पारिवारिक जीवन पनि आनन्दित रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सूर्यको राशि परिवर्तनले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ। परिवारमा एकता कायम गर्न समस्याहरू खडा हुन सक्छन्। त्यसैले मतभिन्नता उत्पन्न हुन नदिन व्यवहारमा नियन्त्रण आवश्यक रहला। यधपी आर्थिक रुपमा भने समय सुखद नै रहला। आकस्मिक धन लाभ हुन सक्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बुध र सूर्य दुवै ग्रह मिथुन राशिमै रहने हुँदा मिथुन राशि हुनेहरुलाई अत्याधिक लाभ मिल्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोत फेला पर्नेछन्। विद्यार्थीहरूको लागि पनि समय तुलनात्मक रूपमा सुखद रहने देखिन्छ। पदोन्नतीको पनि सम्भावना रहला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
ग्रहचक्रको परिवर्तनले कर्कट राशि हुनेहरुको जीवनमा दुख थप्ने देखिन्छ। परिवारमा कलह बढ्न सक्छ। मानसिक रुपमा पनि तनाब बढ्न सक्ने देखिन्छ। महत्वपूर्ण कार्य शुरु गर्नको लागि समस्य शुभ नहुन सक्ला। यात्रा गर्न पनि शुभ देखिँदैन। शत्रु पनि सक्रिय रहने हुँदा सतर्क रहनु होला। प्रेम जीवनमा सुखद नै रहला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सूर्यको राशि परिवर्तनले सिंह राशि हुनेहरुको लागि अनेक लाभ दिलाउने देखिन्छ। जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। यात्राको अवसर जुर्नेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। शिक्षा प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त पनि हुनेछ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
सूर्यको राशि परिवर्तन कन्या राशि हुनेहरुको लागि कार्यक्षेत्र विस्तार गर्ने शुभ अवसर हुन सक्छ। नयाँ कार्य थालनीको लागि वातावरण बन्नेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। स्वास्थ्यमा रहेका समस्या देखि छुटकारा दिलाउन पनि सूर्यको राशी परिवर्तनको भूमिका रहला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सूर्यको राशि परिवर्तन तुला राशि हुनेहरुको लागि मध्यम रहने देखिन्छ, मिश्रित परिणाम मिल्नेछ। आर्थिक रुपमा समय सुखद रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ भने मान-सम्मान पनि प्राप्त होला। यधपी शारीरिक तथा मानसिक रुपमा भने समस्या पैदा हुने देखिन्छ। आफ्नै भनिएकाहरुसँग मतभिन्नता रहनेछ। झुठा आरोप खेप्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सूर्यको राशि परिवर्तनले कानुनी समस्या बढाउन सक्छ। बोलिमा नियन्त्रण नहुँदा बन्न लागेका कार्य पनि रोकिनेछन्। कार्यक्षेत्रमा षडयन्त्रको शिकार भईन सकिएला। यधपी आर्थिक रुपमा भने समय सुखद रहने देखिन्छ। आकस्मिक धन प्राप्तिको योग देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
सूर्यको राशि परिवर्तनसँगै धनु राशिको कुण्डलीमा बन्ने त्रिग्रही योग दाम्पत्य जीवनको लागि सुखद मान्न सकिन्न। जीवनसाथीसंग दूरी बढ्नेछ भने विवाद उत्पन्न हुनेछ। क्रोधमा नियन्त्रण राख्नु होला। गोपनियता भंग हुन सक्ने हुँदा सतर्क रहनु होला। सके सम्म यात्रा नगरेकै उचित हुनेछ। विद्यार्थीहरु तथा खेलाडीहरुको लागि भने सूर्यको राशि परिवर्तन लाभदयाक सावित हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सूर्यको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि धेरै लाभप्रद सावित हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय गर्न सफल भैनेछ। शत्रु सहजै परास्त हुनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सूर्यको गोचरले कुम्भ राशि हुने विद्यार्थीहरुको जीवनमा कठिनाई उत्पन्न गराउनेछ। प्रतिष्पर्धाहरुमा पछि परिनेछ भने अपेक्षाकृत नतिजा प्राप्त हुनेछैन। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न सकिनेछैन। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। बोलि तथा व्यवहारमा नियन्त्रण राख्नु होला। यात्रा गर्दा पनि संयमता अपनाउनुपर्ने देखिन्छ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
चतुर्थ भावमा रहने सूर्यले मीन राशि हुनेहरुलाई लाभै-लाभ दिलाउन सक्छ। पारिवारिक कलहबाट छुटकारा मिल्ला भने व्यवसायमा परिवारबाट उचित सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रम बढ्नेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ हुनेछन्। प्रेम जीवन पनि सुखद रहने देखिन्छ।