नेपालमा पहिलोपटक नवजात शिशुमा कोरोनाको पुष्टि !

काठमाडौँ – नेपालमा पहिलोपटक नवजात शिशुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। बाजुराको बूढीगंगा नगरपालिकामा नवजात शिशुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

बूढीगंगा नगरपालिका स्थित धुरालसैन माविको क्वारेन्टाइनमा जन्मिएका शिशुमा कोरोना पुष्टि भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। नवजात शिशुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको यो पहिलो पटक हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ती नवजात शिशुसहित बाजुराको बूढीगंगा नगरपालिकामा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको ज्यान गइसकेको छ।

नगरपालिका स्थित धुरालसैन माविको क्वारेन्टाइनमा केहि दिन अगाडी २ वर्षीया बालिकाको मृत्यु भएको थियो र स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

कर्णालीमा ७६३ सङ्क्रमित
कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिए।

महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित : शुक्रबार, जेठ ३०, २०७७०२:४५

कोरोना सक्रमणमा भारतको छलाङ: एकै दिन स्पेन-बेलायतलाई पछि पार्यो, अहिले सम्मकै बढी मृत्यु !