नेपाली बजारमा यस्तो छ आज सुनचाँदीको भाउ!

काठमाडौँ, जेठ ३० । नेपाल सुनचाँदी व्यवसायी महाँसघको अनुसार आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मुल्य प्रतितोला ८९ हजार ६ सय रुपैयामा कायम रहेको छ । साथै  तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयामा कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय ३५  रुपैयामा कायम रहेको छ । बिहिबार चाँदीको मुल्य तोलामा ९ सय ५० रुपैया कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

 

प्रकाशित : शुक्रबार, जेठ ३०, २०७७०८:०५

आज जेठ महिनाको अन्तिम दिन, यस्तो छ सुनचाँदीको भाउ!