आज जेठ महिनाको अन्तिम दिन, यस्तो छ सुनचाँदीको भाउ!

काठमाडौँ, जेठ ३२ । नेपाल सुनचाँदी व्यवसायी महाँसघको अनुसार आज साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मुल्य प्रतितोला ८९ हजार ६ सय रुपैयामा कायम रहेको छ । साथै  तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयामा कायम रहेको छ । सुनको मुल्य केहि दिनदेखि लगातार स्थिर रहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय ३५  रुपैयामा कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७०५:४८

आज पनि बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!