हालान्डको गोलमा डर्टमुन्डको संघर्षपुर्ण जित !

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा युवा सनसनी एर्लिङ ब्राउट हालान्डको गोलसँगै बोरुसिया डर्टमुन्डले रेलिगेसन जोन नजिक रहेको फोर्टुना डुसेलडर्फमासथि संघर्षपुर्ण जित निकालेको छ ।

डुसेलडर्फमाथिको १–० को संघर्षपुर्ण जितसँगै डर्टमुन्डको जर्मन बुन्डेसलिगाको उपाधि यात्रा जीवितै बनेको छ । जितसँगै डर्टमुन्डको ३१ खेलबाट ६६ अंक पुगेको छ । जुन शीर्षस्थानको एक खेल कम खेलेको बायर्न म्युनिखभन्दा ४ अंकले कम हो । बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहेको छ ।

इस्प्रिट एरिना डुसेलडर्फमा भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि डर्टमुन्डले गाल गर्न सकेन । १७औं मिनेटमा अचरफ हाकिमीको पासमा जाडोन सान्चोले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा सान्चोको पासमा जुलियन ब्रान्डले गोलरक्षक फ्लोरियन कास्टेनमियरलाई बिट गर्ने प्रयास गरेपनि आन्द्रे होफमनले उत्कृष्ट स्लाइड ट्याकल गर्दै बचाए । २९औं मिनेटमा जुलियन ब्रान्डको प्रहारलाई गोलरक्षक फ्लोरियनले बचाए ।

दोस्रो हाफमा डर्टमुन्डले युवा सनसनी एर्लिङ ब्राउट हालान्डलाई मैदानमा पठाएपनि गोल गर्न असफल बन्यो । ६५औं मिनेटमा राफयल गुरेरोगोल गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा डर्टमुन्डले अग्रता लिनबाट चुक्यो । ८१औं मिनेटमा स्टेभनको प्रहार पोस्टमा लागेर फर्कदा घरेलु टोली चुकचुकायो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० को जितसँगै महत्वपुर्ण ३ अंक दिलाए ।

उनले म्यानुयल एकान्जीको पासमा गोल गरेका थिए । हालान्ड ६१औं मिनेटमा एक्सेल विस्टेलको स्थानमा प्रवेश गरेका थिए । डर्टमुन्डसँग पराजित डुसेलडर्फ २८ अंक जोडेर १६औं स्थानमा यथावत छ । जुन रेलिगेसन प्लेअफ खेल्नुपर्ने स्थान हो ।

यस्तै रेलिगेसन जोनमा रहेका वेर्डर ब्रेमेन र पाडेरवर्नको भिडन्तमा वेर्डर ब्रेमेन ५–१ ले विजयी भएको छ । वेर्डर ब्रेमेनको जितमा डाभी क्लासेनले दुई तथा युया ओसाको, म्याक्सिमिलियन एगेस्टिन र निकलस फुलक्रुगले समान एक गोल गरे । पाडेरवर्नका अब्देलहामिद साविरीले सान्त्वना गोल फर्काए ।

जितपछि पनि रेलिगेसन जोनमै रहेको व्रेमेन रेलिगेसन जोनभन्दा ३ अंकले मात्रै पछि छ । पाडेरवर्न यो सिजन रेलिगेसनमा पर्ने पक्का जस्तै भएको छ । रेलिगेसन बचाउन पाडेरवर्नलाई अब बाँकी तीन खेलमा ९ अंक पनि पर्याप्त हुनेछैन ।

अन्य नतिजा

एफसी कोल्नविरुद्ध युनियन बर्लिन (१–२)

हर्था बर्लिनविरुद्ध फ्रान्कफर्ट (१–४)

वल्फ्सवर्गविरुद्ध फ्रेइवर्ग (२–२)

प्रकाशित : शनिबार, जेठ ३१, २०७७१६:१५

कोरोना महामारीपछिको पहिलो खेलमा बार्सिलोनाको सानदार जित, शिर्षस्थानमा कायमै !